सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गरेका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढन सके १० वर्ष भित्रमा दक्षिण एसियामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने दावी गरे । उनले विज्ञापन बोर्डप्रति लक्षित गर्दै हरेकले आफैले आफैंलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने आवश्यक्ता समेत औंल्याए