भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवालको उम्मेदवारी

भक्तपुर – नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नम्बर १ मा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई नै प्रतिनिधि सभामा उठाउने भएको छ। यसअघि पनि भक्तपुर क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधि सभा सदस्य सुवालले पार्टीकोतर्फबाट पुनः आइतबार उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश सभातर्फ भने क्षेत्र नम्बर १ क (चाँंगु) मा मीनबहादुर बाटा र १ […]

सम्बन्धित सामग्री

भक्तपुरमा प्रेम सुवाल, महेश बस्नेत, दुर्लभ थापालगायतले गराए उम्मेदवारी दर्ता

भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सचिव सुवाल र क्षेत्र नं २ मा एमालेका बस्नेत तथा कांग्रेसका जिल्ला सभापति थापालगायतको उम्मेदबारी परेको हो।

भक्तपुर १ मा नेमकिपाबाट प्रेम सुवाल नै दोहोरिए

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नं १ मा प्रेम सुवाललाई नै दोहोर्‍याएको छ । २०७४ सालको निर्वाचनमा विजयी सुवाललाई नै नेमकिपाले मंसिर ४ गते हुने निर्वाचनको टिकट दिएको हो । नेमकिपाका केन्द्रीय सचिव सुवालले आइतबार भक्तपुर दरबार क्षेत्रस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेका छन् । नेमकिपाले उक्त क्षेत्रको क […]

पैसा बाँड्नेको उम्मेदवारी खारेज गर्नुपर्छ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीले पैसा बाँड्नेको उम्मेदवारी खारेज गर्नुपर्ने बताएको छ । समानुपातिकतर्फको सूची बुझाउन आयोग पुगेका सो पार्टीका नेता प्रेम सुवालले धाँधलीको सुरुवात भैसकेको भन्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुदैन कि भन्ने चिन्ता बढेको बताए । ‘आचारसंहिता उल्लघंन भैसकेको छ । पैसा बाड्नेहरुको उम्मेदवारी खारेज गर्नुपर्छ’, सुवालको भनाइ छ । उनले सातै प्रदेशको सूची बनाएको पनि बताए ।

भक्तपुरमा प्रेम सुवाललाई डा.राजेन्द्र कोजूको टक्कर

मौजुदा संघीय संसदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट एकैजना मात्र प्रतिनिधिसभा सदस्य छन्, प्रेम सुवाल । भक्तपुर–१ बाट निर्वाचित भएका उनी यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिँदै छन् ।  नारायणमान बिजुक्छे रोहितले पुस्ता हस्तान्तरण भन्दै आफ्नो क्षेत्रबाट पहिलोपटक आफ्नो क्षेत्रमा सुवाललाई २०७० मा उम्मेदवारी बनाएका थिए । सुवालले विजयी पनि भए । त्यसपछि दोश्रो पटक २०७४ सालमा पनि सुवाललाई नै उम्मेदवारी बनाइयो, फेरि पनि उनी फराकिलो मतान्तरले विजयी भए ।  यस वर

शेयर लगानीकर्ताका चर्चित अनुहार: को कहाँ उठ्दै छन् चुनाव ?

आगामी मङ्सिर ४ मा प्रतिनिधिसभा त्तहा प्रदेश सभा निर्वाचनको लागि राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ । कुनै पनि दलमा आवद्द नभएर स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्ने लहर पनि उतिक्कै छ ।शेयर बजारमा सक्रिय रुपमा रहेका केहि लगानीकर्ता पनि आगामी निर्वाचनमा उम्मेदवारको रुपमा देखिने भएका छन् । केहि समय अगाडी नो भोट अभियान चलाएका कतिपय लगानीकर्ताहरु अहिले आफै उम्मेदवार बनेका छन् । शेयरबजारमा सक्रिय रहेका लगानीकर्ता मध्ये सबै भन्दा पहिले हरि ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पुँजीबजारको सुधारको लागि भनिएको आन्दोलनको क्रममा अनसन बसेका उनी चितवनबाट प्रतिनिधिसभा उम्मेदवार बनेका हुन् । उनले चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका हुन् । हाल यो क्षेत्रबाट एमालेका सांसद सुरेन्द्र पाण्डे सांसद छन् । यसै क्षेत्रमा नेपाली कांग्रेसबाट राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा दावी गरेका छन् ।त्यस्तै अर्का शेयर लगानीकर्ता रोहन कार्की काठमाडौँ २ बाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा गरेका छन् । उनले लौरो अभियानबाट उम्मेदवारी घोषणा गरेका हुन् । इन्जिनियर तथा व्यवसायी रहेका उनले आफुलाई पुँजीबजारका अभियन्ता, पूर्वाधार त्तहा पुनर्निमाण विज्ञको रुपमा चिनाउने गरेका छन् । यस क्षेत्रबाट हाल नेकपा एसका माधव कुमार नेपाल सांसद छन् । यद्यपि नेपालले यस पटक यो क्षेत्रमा चुनाव नलड्ने पक्का जस्तै छ । त्यस्तै नयन (नयन्द्र) बास्तोलाले भक्तपुर १ बाट उम्मेदवारी घोषणा गरेका छन् । उनले पनि लौरो अभियानबाट उम्मेदवारी घोषणा गरेका हुन् । उनले सामाजिक संजालमा आफु १० वटा कारणले उम्मेदवार भएको उल्लेख गरेका छन् । यस क्षेत्रबाट हाल नेमकिपाका प्रेम सुवाल सांसद छन् । शेयर लगानीकर्ता बिनोद बजगाई प्रदेश सभामा उम्मेदवारी घोषणा गरेका छन् । उनले पनि लौरो अभियानबाट काठमाडौँ २ (क) बाट प्रदेशसभामा उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफुलाई पुँजीबजारका अभियन्ता , समाजसेवी तथा युवा व्यववसायीको रुपमा चिनाउने गरेका छन् । यस क्षेत्रबाट हाल एमालेका सानु कुमार श्रेष्ठ सांसद छन् । उनी बाग्मती प्रदेश सभाका सभामुख हुन् ।यी बाहेक शेयर लगानीकर्ता एकता समितिका संयोजक तिलक कोइरालाले पनि उम्मेदवारी दिने चर्चा छ । यद्यपि उनले यो समाचार तयार पार्दासम्म भने उम्मेदवारी घोषणा गरेका छैनन् ।त्यस्तै नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने चर्चा चलेपनि उनी आफैले भने सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेकी छैनन् ।

नारायणमान बिजुक्क्षे चुनाव नलड्ने

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षे यसपालि चुनाव नलड्ने भएका छन्। मंसिर २२ गते हुने चुनावका लागि बिजुक्क्षेले आज उम्मेदवारी दर्ता गरेनन्। नेमकिपा भक्तपुरका अध्यक्ष न्हुच्छेभक्त फोजुले सेतोपाटीसँग भने- पार्टीकाे निर्णय अनुसार नै उहाँ चुनाव नलड्ने हुनुभएको हो। बिजुक्क्षे चुनाव लड्दै आएको भक्तपुर–१ मा अर्का नेता प्रेम सुवाल चुनाव लड्ने भएका छन्। यो क्षेत्रमा…