नेपाल मजदुर किसान पार्टीले पैसा बाँड्नेको उम्मेदवारी खारेज गर्नुपर्ने बताएको छ । समानुपातिकतर्फको सूची बुझाउन आयोग पुगेका सो पार्टीका नेता प्रेम सुवालले धाँधलीको सुरुवात भैसकेको भन्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुदैन कि भन्ने चिन्ता बढेको बताए । ‘आचारसंहिता उल्लघंन भैसकेको छ । पैसा बाड्नेहरुको उम्मेदवारी खारेज गर्नुपर्छ’, सुवालको भनाइ छ । उनले सातै प्रदेशको सूची बनाएको पनि बताए ।