दश वर्षे सशस्त्र द्वन्द्वको एक प्रतिनिधिमूलक घटनाका रूपमा रहेको मैना सुनुवार हत्याको १७औं वार्षिकीमा पीडित परिवार तथा मानवअधिकारकर्मीहरूले न्यायका लागि सरकारसमक्ष अपील गरेका छन् ।
प्रेस विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ :
तत्कालीन शाही नेपाली सेना (हाल नेपाली सेना) ले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा रहेको वीेरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा २०६० फागुन ७ गते १५ वर्षीया बालिका मैना सुनुवारलाई जबर्जस्ती बेपत्ता, यातना र हत्या गरेको घटनाको सत्रौं वार्षिकी आज परेको छ । राज्यले न्यायमा निरन्तर अवरोध गरिरहेको र गहिरिँदो द...