दुई वर्षअघि राजधानीको बूढानीलकण्ठमा भएको सवारी दुर्घटना प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको फैसलाप्रति पीडित परिवार असन्तुष्ट बनेका छन् । उनीहरुले क्षतिपूर्तिकै कारण न्यायमा मोलाहिजा गरिएको भए क्षतिपूर्ति फिर्ता गर्न तयार रहेको पनि बताएका छन् । चैत ७ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीले प्रतिवादी पृथ्वी मल्ललाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाए । जबकी उनी ७ महिना पुर्पक्षका लागि थुनामा बसिसकेका थिए । अत्याधिक मदिरा सेवन गरी लापरवाहीपूर्वक सवा