सर्वहारा वर्ग तथा शोषित/पीडित जनताको मुक्तिका लागि भनेर उहाँले उठाएको बन्दुकले धेरैको जीवन स्तर उठायो तर, उहाँ स्वयंको जीवन उठाउन भने वैशाखी चाहिने भयो । यो नियति हो वृक्ष उखेरा क्षेत्री अर्थात अमृसाकारको ।
जनमुक्ति सेनाको बटालियन कमाण्डर उहाँको विशेष गण्डक अभियान अन्तर्गत तानसेन–पाल्पामा भएको दोहोरो भिडन्तमा दायाँ घुँडा तथा ढाडमा गोली लाग्यो । त्यसपछि उहाँको जीवनमा कहिल्यै साथ नछोड्ने गरी अनन्य मित्र बन्न आइपुगेको छ, वैशाखी ।
सहिद, घाइते तथा लडाकुको बलिदान स्वरुप प्राप्त उपलब्धिका रुपमा प्र...