दिल्लीका एक मध्यमवर्गीय परिवारका युवक, जसको परिवारसँग उनलाई फिल्म हेर्न लैजानका लागि पर्याप्त पैसासमेत थिएन । उनै युवक अर्थात शाहरुख खान आज ५१ सय करोडका मालिक बनेका छन् । शाहरुख १५ वर्षको हुँदा उनका बाबुको मृत्यु भयो । त्यसपछि उनले आफ्नो खर्च जुटाउनका लागि सानो–तिनो काम गर्न थाले । उनी कन्सर्टहरुमा सिट मिलाइदिने काम गर्दथे, यसका लागि उनलाई ५० रुपैयाँ मिल्थ्यो । संघर्षका दिनमा धेरैपटक आफू दिल्लीका गल्लीहरुमा सुतेको शाहरुखले बताएका छन् । अभिनयमा स्थापित हुने अभिलाषाका साथ उनी