काठमाण्डौ - काठमाण्डौसहित देशभर लगातार चिसो बढिरहेको छ । दिउँसो खासै चिसो नभए पनि बिहान र बेलुका चिसो बढ्दै गएको छ । काठमाण्डौको न्यूनतम तापक्रम सात डिग्री सेल्सियसमा झरेको छ । बिहानको समयमा देशका धेरै ठाउँमा हुस्सु कुहिरोसमेत लाग्न थालेको छ ।
न्यूनतम तापक्रम घट्नु र हुस्सु कुहिरो लाग्नुले बिहान चिसो हुने गरेको छ । यस्तै, बेलुका भने चिसो हावा चल्ने गरेको छ । अहिले पनि काठमाण्डौसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।
उहाँका...