नेपाली गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् । उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।गीतको भिडियो पनि बनेको छ । जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीतको भिडियोलाई राजिव एस. रुइयाले निर्देशन गरेका हुन् ।स्मीता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । (शीर्षक