मुम्बई पुलिसद्धारा २०० सीसीटीभी जफत, प्रहरीको १० टोलीले सलमानको धम्की पत्रको अनुसन्धान गर्दै

एजेन्सी, २६ जेठ । मुम्बई प्रहरीले बलिउड सुपरस्टार सलमान खान र उनका बुबा सलीम खानलाई आएको धम्कीपूर्ण पत्रको विषयमा तिब्र कारबाही सुरु गरेको छ । यस सम्बन्धमा प्रहरीले अज्ञात व्यक्तिविरुद्ध ज्यान मार्ने धम्कीको मुद्दा दर्ता गरेको छ । यससँगै सलमान खान र सलीम खानले धेरैलाई सोधपुछ गर्न थालेका छन् । योसँगै धम्कीको पत्र पाएको सम्बन्धमा […]

सम्बन्धित सामग्री

राति जथाभाबी फोहर फाल्नेलाई सीसीटीभी क्यामेरा हेरेर कारबाही गरिन्छ : मेयर साह

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभाबी फोहर फाल्नेलाई सीसीटीभी क्यामेरा हेरेर कारबाही गर्ने बताउनुभएको छ । नेपाल प्रहरीको आयोजनामा आज बुधवार काठमाण्डाैमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उहाँले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सीसीटीभी हेरेर जथाभाबि फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताउनुभयो ।  विशेषगरी रातको समयमा यसरी जथाभाबी रूपमा फोहर फालिने गरिएको छ । उह...

उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक छ : आईजीपी सिंह

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले काठमाडौँ उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक रहेको बताएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बुधवार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आइजीपी सिंहले अहिले उपत्यका प्रहरी कार्यालय मातहत ५ हजार मात्र सीसीटीभी रहेको बताए । जुन अपराध अनुसन्धान गर्न त्यो अपुग छ उनले भने । अपराध अनुसन्धानलाई […]

काठमाडौं उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक छ– आईजीपी सिंह

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले काठमाडौं उपत्यकामा थप २५ हजार सीसीटीभी आवश्यक रहेको बताएका छन् । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बुधवार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आइजीपी सिंहले भने– ‘अहिले उपत्यका प्रहरी कार्यालय मातहत ५ हजार मात्र सीसीटीभी छ, अपराध अनुसन्धान गर्न त्यो अपुग छ ।’अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन उपत्यकामा २५ हजार क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) थप्नुपर्ने आइजीपी सिंहले बताए । आर्थिक अपराध र साइबरसँग सम्बन्धित अपराध बढेको

संसदीय छानबिन समिति, सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट हेरिने

काठमाडौं : बजेटमा करका दर परिवर्तन गरेको र अर्थ मन्त्रालयको सीसीटिभी फुटेज गायब बनाएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानबिन समितिको बैठक बस्दैछ। आज विहान  ८ बजे बस्ने बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हिजो फुटेजको फरेन्सिक रिपोर्ट बुझाएको त्यो सिलबन्दी तोडेर समिति सदस्यले आज अध्ययन गर्नुहुनेछ&rsq

अर्थ मन्त्रालयको सीसीटीभी फूटेज अझै भेटिएन

काठमाडौं। काँग्रेसले गठबन्धनका दलहरुसँग चुनावी तालमेल जारी राख्ने भएको छ। थप दुई न्यायाधीशलाई बर्खास्त गर्न न्यायपरिषद्ले सिफारिस गरेको छ। गर्भनरको शैक्षिक योग्यता नपुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अर्थ मन्त्रालयको जेठ १४ गते रातिको सीसीटीभी फूटेज अझै भेटिएन। भारतको आग्रहमा साफ महिला च्याम्पियनसिप एक हप्ता पछि सारियो।

भक्तपुरमा सीसीटीभी जडान गर्न सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा समितिलाई उक्त सहयोग गरेको हो ।बैंकका बागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु बिष्टले समितिका कोषाध्यक्ष नविन प्रजापतीलाई हस्तान्तरण गरे । समितिका कोषाध्यक्षले यस आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य–मुख्य चोक, सिमानाका तथा प्रहरी चेक पोइन्टहरु समेतमा सीसीटीभी जडा

पूर्वपश्चिम राजमार्गका १३८ स्थानमा सीसीटीभी क्यामेरा जडान

कैलाली । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सीसीटीभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत  एक करोड ५१ लाखको लागतमा सीसीटीभी क्यामेरा जडान गरिएका हुन् । आपराधिक क्रियाकलाप नियन्त्रण, अपराध अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम र सडक दुर्घटना न्यूनीकरणमा सघाउ पु¥याउन सीसीटीभी क्यामेरा जडान गरिएको हो । मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार सडकका संवेदनशील क्षेत्रको पहिचान गरी १३८ सीसीटीभी क्यामेरा जडान गरिएका छन । जडान गरिएका सीसीटीभी क्यामेरामा पीटीजेड (घुम्ने) सात र अन्य १२० क्यामेरा जडान गरिएका छन् । राजमार्ग क्षेत्रको धेरै व्यक्ति जमघट हुने, चौराह, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा सीसीटीभी क्यामेरा जडानको कार्य गरिएको प्रवक्ता जोशीले बताए । क्यामेरा जडानका लागि १०८ दशमलव ५६ किलोमिटर क्षेत्रमा केबुल बिछ्याइएको छ । सीसीटीभी क्यामेरा जडान गरिएका क्षेत्रमा १२ ओटा स्टेसन राखिएको छ । ‘क्यामेरा जडानको कार्य पूरा भएको छ,’ मन्त्रालयका प्रवक्ता जोशीले भने, ‘नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् आपूर्तिका लागि सम्झौताको कार्य भइरहेको छ ।’ रासस