पाँचौं मेडिकल, हेल्थ केयर एन्ड ल्याबरोटरी प्रदर्शनी शुरू

काठमाडौं (अस) । काठमाडौंको भृकुटीमण्डपमा पाँचौं मेडिकल, हेल्थ केयर एन्ड ल्याबरोटरी प्रदर्शनी बिहीबारदेखि सुरु भएको छ । नेपाल मेडिकल शो, एसडी प्रोमो, केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको प्रदर्शनीमा भारतको ईईपीसी इन्डिया सह–आयोजक रहेको छ ।    चैत १० देखि १२ गतेसम्म सञ्चालन हुने मेलामा नेपाल मेडिकल हेल्थ केयर सप्लाइ चेन शो, नेपाल ल्याब एक्स्पो, नेपाल फम्र्याक रहेका छन् । भारतबाट उत्पादक र निर्यातकर्ताको एक्स्पोमा उल्लेख्य उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ । इन्जिनियरिङ एक्सर्ट प्रमोसन काउन्सिल र केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको सह–आयोजनामा भएको एक्स्पो अस्पताल, मेडिकल र प्रयोगशाला क्षेत्रमा नेपालको एक मात्र बृहत् कार्यक्रम हो । एक्स्पो सफल बनाउन नेपालका विभिन्न स्वास्थ्य संस्था, औषधि उद्योग, प्रयोगशाला र मेडिकलको साथ र सहयोग रहेको केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेश घिमिरेले बताए । घिमिरेका अनुसार मेलामा नेपाल र भारतका गरी १७० स्टलले सहभागिता जनाएका छन् । आयोजकका अनुसार सन् २०२० मै आयोजना हुने भनिएको यो एक्स्पो कोभिड महामारीका कारण अहिले सञ्चालन गरिएको हो । एक्स्पो उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य उपकरण आयातसम्बन्धी समस्या समाधान गर्न सरकार तयार रहेको बताए । नागरिकलाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा गुणस्तरीय स्वास्थ्य सुविधाका लागि यस्ता एक्स्पो उपयोगी हुने उनको भनाइ छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा सीप विकास समिति सभापति हेमराज ढकालले कोभिड महामारीका बेला स्वास्थ्य पूर्वाधार अभाव खट्किएको र स्वदेशी आयातकर्ताको मिहिनेतका कारण स्थिति नियन्त्रणमा लिन सकिएको दाबी गरे । महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले औषधि र औषधिजन्य उत्पादनको लागत बढेको उल्लेख गर्दै मूल्य समायोजनका लागि सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । नेपालमा वार्षिक ४० अर्बको केमिकल एन्ड मेडिकलसम्बन्धी सामग्री आयात हुने गरेको सरकारी तथ्यांक छ ।

सम्बन्धित सामग्री

अवरुद्ध कोहलपुर डायलेसिस सेवा पुनः सुचारु

बाँके– बाँकेको कोहलपुरमा पाँच महिनादेखि अवरुद्ध रहेको डायलेसिस सेवा पुनः सुचारु भएको छ । डायलेसिस सेवा अवरुद्ध हुँदा अकालमै मृत्यु हुने बिरामीको संख्या बढेको थियो ।  नेपालगञ्ज मेडिकल कलेजद्वारा सञ्चालित कोहलपुर मेडिकल कलेज दस बिघामा डायलेसिस सेवा वीरगन्ज हेल्थ केयर प्रालिको सम्झौतामा छ । उक्त कम्पनीले अस्पतालबाट भुक्तानी रकम नपाउँदा सेवा स्थगित भएको नेपालगन्ज मेडिकल […]

ठेकेदारको लापरबाहीले ज्यान गुमाउँदै मिर्गौलाका बिरामी

नेपालगञ्ज – कोहलपुर–२, बर्दहवाका २४ वर्षीय रवि थारु साढे तीन वर्षदेखि मिर्गाैलाका बिरामी थिए। मिस्त्री काम गर्ने रविले कोहलपुरमा नियमित डाइलोसिस गर्दै आएका थिए। हप्तामा दुई पटक मंगलबार र शुक्रबार उनको डाइलोसिस हुन्थ्यो। नियमित डाइलोसिस भइरहदा रविलाई ठिकै थियो। कोहलपुर मेडिकल कलेजमा ठेकेदार कम्पनी बिरंग हेल्थ केयर प्रालिले सञ्चालन गरेको डाइलोसिस मेसिन नियमित चल्दा रविजस्ता […]

पाँचौं मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी भृकुटीमण्डपमा सुरु

काठमाडौंको भृकुटीमण्डपममा पाँचौं मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।नेपाल मेडिकल सो, एसडी प्रोमो, केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको आयोजनामा भइरहेको शोमा भारतको ईईपीसी इन्डियासमेत सहआयोजक रहेको छ ।चैत १० देखि १२ गतेसम्म सञ्चालन हुने मेलामा नेपाल मेडिकल हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्स्पो, नेपाल फम्र्याक छन् […]

चैत १० देखि नेपाल मेडिकल हेल्थ केयर ल्याब एक्स्पो

चैत १० देखि १२ गतेसम्म काठमाडौंमा ५ औं नेपाल मेडिकल हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्स्पो, नेपाल फार्म्यक हुने भएको छ। भृकुटीमण्डपमा हुने उक्त एक्स्पो एसडी प्रोमो मिडियाले आयोजना गर्दैछ।

लागुऔषध विक्रीवितरण  गर्ने  मेडिकल सञ्चालक पक्राउ

दाङमा लागुऔषध विक्रीवितरण गर्ने एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर बसपार्कस्थित फ्युजन हेल्थ केयर मेडिकलका सञ्चालक ४० वर्षीया  तीलाकुमारी सुनार पक्राउ परेकी हुन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका...

लागुऔषध बिक्री गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

दाङमा लागूऔषध बिक्री वितरण गर्ने एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा फ्यूजन हेल्थ केयर मेडिकल सञ्चालिका ४० वर्षीय तिलाकुमारी सुनारलाई प्रहरीले पक्राउ गरेको हो । उनी तुलसीपुर उपमहानगरपालिका–८ दुधेनाकी स्थायी बासिन्दा हुन् । उनको साथबाट प्रहरीले एन्टिटीसिभ ट्याब्लेट, &n...

पर्सामा कोरोना संक्रमणबाट २४ घण्टामा ६ जनाको मृत्यु

२४ वैशाख, वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जका दुईवटा अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालमा ३ जना र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पताल ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणको दोस्रो लहरबाट पर्सामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । […]

स्वाव नै नलिई  पिसिआर रिपोर्ट तयार, ९ हजारमा बिक्री !

काठमाडौं । कोभिड–१९ परिक्षणको अनुमती लिएको काठमाडौंको सिनामंगल स्थित ‘सुरिया हेल्थ केयर प्रा.लि’ले स्वाव नै नलिइकन पिसिआर रिपोर्ट दिने गरेको थाहा भएको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेपछि सो ल्याबको कर्तुत बाहिर आयो । डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले नक्कली पिसिआर रिपोर्ट बनाउने चिकित्सक सहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरिया ल्याबका व्यवस्थापन प्रमुख समेत रहेका डा. खेलानन्द प्रसाद सिंह, सिनामंगलमा मेडिकल संचालन गरेर बस्ने चित्र