मौद्रिक नीतिबारे नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सेयरमा लगानी गर्न १२ करोडको सीमा तोकिनुले पूँजी बजार प्रभावित हुने प्रतिक्रिया दिएका छन् ।उनले यसले सरकारको बढीभन्दा बढी संस्थालाई स्टक एक्सचेन्जमा दर्ता गर्ने भिजनलाई प्रभावित गर्ने बताएका हुन् । अध्यक्ष अग्रवालले तरलता बढाउने मौद्रिक नीति आएको बताएका छन् । मौद्रिक नीतिमार्फत सीसीडी रेसियो खारेजी र कर्जा(निक्षेप अनुपात अधिकतम ९० प्रतिशत कायम गर्ने प्रावधानले तरलता बढाउने अध्यक्ष अग्रवालको भनाई छ ।मौद्रिक नीतिमा यो व्यवस्था समे