च्यान्टी काडमाडौँ सहर पसेको १५ वर्ष भयो । ग्रामीण परिवेशमा आर्थिक अभावमा हुर्केकी च्यान्टीले कहिल्यै राम्रोसँग सुखको अनुभूति गरिन । बर्सेनि जन्मिएका भाइ, बहिनी, बाबाको थाप्लामा सधैँको नाम्लो भारी देख्छे । सधैँ सुत्केरी हुनुपर्दा पोख बसिसकेकी आमा, घरधन्दा मेलापातमा भोगिरहेको पीडा देख्छे । कहिल्यै बाआमाको अनुहारमा हाँसो सुख देख्न पाइन । ग्रामीण स्तरको सरकारी विद्यालयमा कक्षा आठ पढ्दापढ्दै गाउँकै वीरेसँगको प्रेममा पर्छे । भर्खरै जवानी सुरु भएकी च्यान्टीको यौवन दिन दुई गुना र