नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट फर्किएको ६ महिना बित्यो तर, देशको राजनीतिमा अझै उनी नै निर्णायक पात्रको रूपमा अघि आएका छन् ।
दुईपटक संसद् विघटन गरेका ओलीलाई सत्ताबाट हटाउँदा गठबन्धनका दलहरूले अहिलेको जस्तो राजनीतिक अप्ठ्यारो झेल्नुपर्ने सायदै कल्पना गरेका थिए ।
अर्कातिर, ओलीमा पनि आफूलाई सत्ताबाट बहिर्गमन गराउने राजनीतिक दलहरूप्रतिको आक्रोश चरमचुलीमा थियो ।
त्यसैले ओली राजनीतिको टाङ अड्काउने उपायको खोजीमा थिए । एमालेको विभाजन र सांसदलाई गरिएको कारवाही प्रकरणले एमालेलाई त्यो...