पेन्सनपट्टा बनाइसकेका शिक्षकलाई काठमाडौँ धाउनुपर्ने बाध्यता हट्यो

काठमाडौँ– पेन्सनपट्टा बनाइसकेका शिक्षकले अब काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय किताबखानाले पेन्सनपट्टा बनाइसकेका शिक्षकको अन्य सबै काम सम्बन्धित जिल्लाबाट हुने व्यवस्था मिलाएपछि काठमाडौँ आउने पर्ने बाध्यता हटेको हो । पहिला निवृत्तीभरणसम्बन्धी जुनसुकै काम गर्नुपरे काठमाडौँ आउनुपर्ने बाध्यता रहेकोमा यही साउन १ गतेबाट लागू हुने गरी उक्त बाध्यतालाई हटाइएको किताबखानका उपमहानिर्देश रामराज खकुरेलले बताए […]