पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखाले सबै वडामा सञ्चालन गरिएको एकीकृत घुम्ती स्वास्थ्य शिविरमा दुर्गम भेगमा बसोवास गर्ने १ हजार ३ सय ९३ जनाले सेवा लिएका छन् । ६ वडाका १ हजार १ सय ३० महिला र २ सय ६३ पुरुषले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।