भूकम्प प्रभावित क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर

रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा भूकम्प प्रभावित तथा सर्वसाधारणका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ । आठविसकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा मानव विकास तथा सामुदायिक सेवालगायतका निकायको संयुक्त आयोजनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन भएको हो ।