राजधानीको तापक्रम यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । बुधबार बिहान राजधानीको न्यूनतम तापक्रम दुई दशमलभ २ डिग्री सेल्सियसमा झरेको जानकारी मौसम पुर्वानुमान महाशाखका मौसमविद बरुण पौडेलले गराएका छन् । ‘बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम मापन भएको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलभ १ डिग्री सेल्सियसमा झरेको थियो ,’उनले भने,‘मध्य जाडोमा छोटो दिन र लामो रात हुने भएकाले चिसो बढेको हो । केही दिनसम्म हिमाली, पहाडी र तराईको तापक्रम कम रहनेछ ।’