शक्ति प्रदर्शन गर्न प्रधानमन्त्री ओली विराटनगर आउँदै

विराटनगर :  नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले आज (शनिबार) विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ। प्रदर्शनमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनेछन्‌।ओली पक्षले विराटनगर अस्पताल नजिकैको खाली निजी जग्गामा शक्ति प्रदर्शन गर्दैछ। प्रदर्शनपछि हुने सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने थाहा लागेको छ।विराटनगरमा आएपछि ओलीले होटल एसियाटिकमा जिल्लाक

सम्बन्धित सामग्री

विराटनगरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् । आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

आज विराटनगरमा ओली समूहले प्रदर्शन गर्दै, अस्पताल नजिकै मञ्च

८ फागुन, विराटनगर । प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाजपनि आन्दोलनमा छ । प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति  […]

सत्ताको शक्ति प्रदर्शन : ओलीको पक्षमा उत्रियो मोटरसाइकल र्‍याली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा राजधानीमा मोटरसाइकल र्‍याली भएको छ। प्रजातान्त्रिक मुलुकमा सत्ताले नै शक्ति प्रदर्शन गर्ने विरलै दृष्य नेपालमा देखिन थालेको केही समय यतामात्र हो। यसैक्रममा प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मोटरसाइकल र्‍याली गरेको हो। गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा…

मुगुमा नेकपा ओली समूहको शक्ति प्रदर्शन [तस्बिरसहित]

मुगुमा नेकपा केपी ओली समूहले शक्ति प्रदर्शन गरेकाे छ । प्रधानमन्त्री ओली समर्थित निकालिएको जुलुस जिल्ला