बीमा कम्पनीको विवरण: नेपाल लाइफको घाटा ३५ करोड पुग्दा सूर्याको नाफा ३३ प्रतिशत घट्यो

बीमा कम्पनीहरूको नाफामा उल्लेख्य कमी देखिएको छ ।

सम्बन्धित सामग्री

किन घट्यो किसान लघुवित्तको खुद नाफा ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९६ दशमलव ५० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ४ करोड ५२ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १५ लाख ८२ हजारमा झरेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३३ प्रतिशत  घटेको छ । त्यस्तै कम्पनीले गत वर्ष सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ४ करोड ४ लाख छुट्याएकोमा चालू आवमा रू. ६ करोड ७ लाख छुट्याएको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा कम्पनीको सञ्चालन नाफा रू. ४ करोड १९ लाख ऋणात्मक रहेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ४७ करोड १३ लाख रहेको छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३५ करोड २२ लाख सञ्चित गरेको छ । कम्पनीले रू. ४ अर्ब ७४ करोड सापटि लिएर,रू. १ अर्ब ४३ करोड  निक्षेप संकलन गरेर रू. ६ अर्ब ७४ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ६७(वार्षिक), तरलता अनुपात ३ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७४ दशमलव ७२ छ ।

३०.३६ अंक घटेर २५१४.५८ विन्दुमा नेप्से, रू. २ अर्ब ३५ करोडको शेयर खरीदविक्री

फागुन २५, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक ३० दशमलव ३६ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ५१४ दशमलव ६५ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२९ ओटा धितोपत्रको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयरको ३९ हजार ७८८ पटकमा रू. २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका २२९ धितोपत्रमध्ये सबैभन्दा बढी माउण्टेन इनर्जी नेपालको शेयरमूल्य ८ दशमलव १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १३५ पुगेको हो ।  त्यसैगरी, दोस्रोमा इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य ३ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू. ३१० दशमलव ५० पुगेको छ । त्यस्तै बुधवार सबैभन्दा बढी विशाल बजार कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य ५ दशलमव ७८ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४ हजार १९३ कायम भएको छ ।  त्यसैगरी, दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ दशमलव ६० प्रतिशत घटेर रू. १ हजार १८० कायम भएको छ । बुधवार कारोबारमा आएका १३ समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो ।  समूहगत परिसूचकमा सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३ दशमलव शून्य ३ प्रतिशत घटेको छ । त्यसैगरी बैंकिङ्ग समूहको शून्य दशमलव ७७ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ४१ प्रतिशत, विकास बैंक समूहको २ दशमलव ३३ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव ८ प्रतिशत, वित्त समूहको २ दशमलव १५ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७९ प्रतिशत, अन्य समूहको १ दशमलव २७ प्रतिशत, लघुवित्त समूहको शून्य दशलमव ८९ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव शून्य ६ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव २१ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ७१ प्रतिशतका दरले घटेको छ ।  बुधवारको बजारमा विक्रेता हाबी भएको देखिन्छ । सोही कारण बजार उच्च अंकले घटेको हो । यद्धपि बजार घटबढ भइरहन्छ । पछिल्लो सयम वित्तीय प्रणालीमा तरलता अभावसँगै ब्याजर पनि बढेको छ । यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको हो ।  पछिल्लो समय २ हजार ९०० विन्दुमाथि पुगेको बजार आजको दिनसम्म २ हजार ५१४ दशमलव ६५ विन्दुसम्म आइपुग्दा कम्पनीहरुको शेयरमूल्य धेरै घटेको छ । सोही कारण अब बजारमा विस्तारै खरीदकर्ता आउने विश्लेषक बताउँछन् ।

४६% लाभांश वितरण गरेको मञ्जुश्री फाइनान्सको नाफा ३३% घट्यो

माघ ७, काठमाडौं । मञ्जुश्री फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३३ प्रतिशत घटेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ११ करोड ३४ लाख खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ७ करोड ५३ लाख ८९ हजारमा झरेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा कमी आएकाले नाफा घटेको हो । सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० प्रतिशत घटेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ४६ प्रतिशत लाभांश दिएको हो । ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरेर कुल ४६ प्रतिशत लाभांश वितरण गरेको हो ।  ४० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३५ करोड १५ लाख पुगेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३६ करोड ४० लाख र रिटेन्ड अर्निङमा रू.५ करोड ८५ लाख  सञ्चित गरेको हो । सो अवधिमा कम्पनीले रू. १० अर्ब ३५ करोड ४४ लाख निक्षेप संकलन गरेको छ भने रू. ८ अर्ब ८२ करोड ८६ लाख कर्जा लगानी गरेको हो ।  त्यसैगरी कम्पनीको वितरणयोग्य नाफा रू. ५ करोड ८५ लाख रहेको छ । नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २३ दशमलव ४९ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ११ दशमलव १६ मा झरेको हो । त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ६७ दशमलव ९२ गुणा, तरलता अनुपात २७ दशमलव ६१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३१ रहेको छ ।

शेयरबजारमा ऐतिहासिक रेकर्ड

काठमाडौं । मंगलवार नेपालको शेयरबजारमा कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन रू. ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । यस अघि गत माघ २६ गते रू. १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको थियो । उक्त दिनको कारोबार रकमको ऐतिहासिक रेकर्डलाई मंगलवारको कारोबारले तोडेको हो । कोभिडका कारण अन्य व्यावसायिक क्षेत्रहरू प्रभावित भइरहँदा त्यस क्षेत्रका व्यवसायीहरूले शेयरबजारमा लगानी बढाएकाले कारोबार रकम बढेको ब्रोकरहरू बताउँछन् । विश्वव्यापी रूपमा फैलिएको कोभिडका कारण अन्य देशमा पनि शेयरबजारले गति लिइरहेकाले विदेशमा बस्ने नेपालीहरूले पनि बजार बढ्ने अपेक्षासहित लगानी गरिरहेको ब्रोकरहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर नबढ्नु र तरलता बढ्ने सम्भावना देखिनुले पनि पूँजी बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण जानकारहरूको रहेको छ । मंगलवार २१५ कम्पनीको १ लाख १५ हजार ९६१ पटकको व्यापारमा २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबार रकममा सर्वाधिक अंश नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । नेपाल पुनर्बीमा कम्पनीको मंगलवार रू. ६७ करोड ९२ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. ५० ले बढेको छ । न्यूनतम रू. १ हजार ६४४ देखि अधिकतम रू. १ हजार ७०७ सम्म पुगेको कम्पनीको शेयरमूल्य अन्तिममा रू. १ हजार ६९३ कायम भएको छ । मंगलवारको बजारमा होटेल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कोभिडको कारण वित्तीय अवस्था नोक्सानीमा रहेका होटेल समूहका कम्पनीको शेयरमूल्य पनि यो दिन सर्किट लेभलमा बढेको छ । कम मूल्य भएका शेयरप्रति लगानीकर्ता आकर्षित भएकाले लामो समयदेखि घटेको होटेल समूहका कम्पनीको शेयरमूल्य यो दिन सर्किट लेभलमा बढेको हो । मंगलवार होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६ दशमलव १५ प्रतिशत बढेको छ । यस दिन ओरियण्टल होटेल र सोल्टी होटलको शेयरमूल्य १० प्रतिशत र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशत बढेको छ । यो दिन वित्तसमूहको ५ दशमलव ८६ प्रतिशत, जलविद्युत्को ३ दशमलव ४९ प्रतिशत र विकास बैंकको ३ दशमलव ३३ प्रतिशत परिसूचक बढेको छ । यो दिन लगानी समूहको २ दशमलव ७८ प्रतिशत, व्यापारिकको १ दशमलव ८९ प्रतिशत, लघुवित्तको १ दशमलव ५३ प्रतिशत, जीवन बीमाको १ दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ७३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५७ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव ४ प्रतिशत परिसूचक बढेको छ । यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ । मंगलवार नेप्से परिसूचक १ दशमलव २६ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ३४ दशमलव ६८ अंक बढेर नेप्से परिसूचक २ हजार ७९३ दशमलव ८९ विन्दुमा पुगेको छ । ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो दिन शून्य दशमलव ९४ प्रतिशत अर्थात ४ दशमलव ६४ अंक बढेर ४९७ दशमलव २२ विन्दुमा पुगेको छ । मंगलवार ११ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यो दिन सोल्टी र ओरियण्टल होटलसहित नेशनल हाइड्रोपावर, विशाल बजार कम्पनी, वेस्ट फाइनान्स, महिला लघुवित्त, समता घरेलु लघुवित्त, कालिका पावर, घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ । यीबाहेक अन्य २३ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यिनमा अधिकांश जलविद्युत् कम्पनी रहेका छन् ।

नेप्से २७९३.८१ विन्दुमा, ११ अर्बभन्दा बढीको शेयर कारोबार

जेठ ४, काठमाडौं । नेपालको शेयर बजारमा मंगलवार कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।  यसदिन रू. ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार बराबरको शेयर कारोबार भएको हो । यसअघि गत माघ २६ गते रू. १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको थियो ।  उक्त दिनको कारोबार रकमको ऐतिहासिक रेकर्डलाई मंगलवारको कारोबारले तोडेको हो । यस दिन २१५ ओटा कम्पनीको १ लाख १५ हजार ९६१ पटकको व्यापारमा २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर कारोबार भएको हो । यो दिन नेप्से परिसूचक १ दशमलव २६ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ३४ दशमलव ६८ अंक बढेर नेप्से परिसूचक २ हजार ७९३ दशमलव ८९ विन्दुमा पुगेको हो । उता, ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो दिन शून्य दशमलव ९४ प्रतिशत अर्थात ४ दशमलव ६४ अंक बढेर ४९७ दशमलव २२ विन्दुमा पुगेको छ । कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । नेपाल पुनर्बीमा कम्पनीको मंगलवार रू. ६७ करोड ९२ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. ५० ले बढेको छ । न्यूनतम रू. १ हजार ६४४ देखि अधिकतम रू. १ हजार ७०७ सम्म पुगेको कम्पनीको शेयरमूल्य अन्तिममा रू. १ हजार ६९३ कायम भएको छ । मंगलवारको बजारमा होटल्स तथा पर्यटन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कोभिडको कारण वित्तीय अवस्था नोक्सानीमा रहेका होटल्स समूहका कम्पनीको शेयरमूल्य पनि यो दिन सर्किट लेभलमा बढेको छ । विगत लामो समयदेखि घटेको होटल्स समूहका कम्पनीको शेयरमूल्य यो दिन सर्किट लेभलमा बढ्नुले कम मूल्य भएका शेयरप्रति लगानीकर्ताहरु आकर्षित भएको प्रष्ट देखिन्छ । मंगलवार होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६ दशमलव १५ प्रतिशत बढेको छ । यस दिन ओरियण्टल होटल र सोल्टी होटलको शेयरमूल्य १० प्रतिशतले र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशत बढेको छ । होटल्स तथा पर्यटन समूहसँगै यो दिन वित्त समूहको ५ दशमलव ८६ प्रतिशत, जलविद्युतको ३ दशमलव ४९ प्रतिशत र विकास बैंकको ३ दशमलव ३३ प्रतिशत परिसूचक बढेको छ ।  यो दिन लगानी समूहको २ दशमलव ७८ प्रतिशत, व्यापारिकको १ दशमलव ८९ प्रतिशत, लघुवित्तको १ दशमलव ५३ प्रतिशत, जीवन बीमाको १ दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ७३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४ प्रतिशत परिसूचक बढेको छ । यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ ।