३०.३६ अंक घटेर २५१४.५८ विन्दुमा नेप्से, रू. २ अर्ब ३५ करोडको शेयर खरीदविक्री

फागुन २५, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक ३० दशमलव ३६ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ५१४ दशमलव ६५ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२९ ओटा धितोपत्रको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयरको ३९ हजार ७८८ पटकमा रू. २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका २२९ धितोपत्रमध्ये सबैभन्दा बढी माउण्टेन इनर्जी नेपालको शेयरमूल्य ८ दशमलव १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १३५ पुगेको हो ।  त्यसैगरी, दोस्रोमा इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य ३ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू. ३१० दशमलव ५० पुगेको छ । त्यस्तै बुधवार सबैभन्दा बढी विशाल बजार कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य ५ दशलमव ७८ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४ हजार १९३ कायम भएको छ ।  त्यसैगरी, दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ दशमलव ६० प्रतिशत घटेर रू. १ हजार १८० कायम भएको छ । बुधवार कारोबारमा आएका १३ समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो ।  समूहगत परिसूचकमा सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३ दशमलव शून्य ३ प्रतिशत घटेको छ । त्यसैगरी बैंकिङ्ग समूहको शून्य दशमलव ७७ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ४१ प्रतिशत, विकास बैंक समूहको २ दशमलव ३३ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव ८ प्रतिशत, वित्त समूहको २ दशमलव १५ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७९ प्रतिशत, अन्य समूहको १ दशमलव २७ प्रतिशत, लघुवित्त समूहको शून्य दशलमव ८९ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव शून्य ६ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव २१ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ७१ प्रतिशतका दरले घटेको छ ।  बुधवारको बजारमा विक्रेता हाबी भएको देखिन्छ । सोही कारण बजार उच्च अंकले घटेको हो । यद्धपि बजार घटबढ भइरहन्छ । पछिल्लो सयम वित्तीय प्रणालीमा तरलता अभावसँगै ब्याजर पनि बढेको छ । यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको हो ।  पछिल्लो समय २ हजार ९०० विन्दुमाथि पुगेको बजार आजको दिनसम्म २ हजार ५१४ दशमलव ६५ विन्दुसम्म आइपुग्दा कम्पनीहरुको शेयरमूल्य धेरै घटेको छ । सोही कारण अब बजारमा विस्तारै खरीदकर्ता आउने विश्लेषक बताउँछन् ।