बीबीसी। एक अमेरिकी जासूसी रिपोर्टमा संसारमा कोरोना महामारी फैलनुअघि नै वुहान ल्याबका तीन शोधकर्ता बिरामी भएको दाबी गरिएको छ। वाल स्ट्रिट जर्नलको खबरअनुसार, वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीनजना शोधकर्ता २०१९ नोभेम्बरमा बिरामी भएपछि अस्पतालको मद्दत मागेका थिए। जासूसी रिपोर्टमा ल्याबका बिरामी शोधकर्ताको संख्या, बिरामी भएको समय र अस्पताल गएको विवरण उल्लेख छ। सोही ल्याबबाट कोरोना फैलिएको आशंका सर्वत्र गरिएको छ।