सप्तरी – सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा आज (आइतवार) देखि दैनिक पीसीआर परीक्षण सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकबाट भएको निर्णयअनुसार दैनिक पीसीआर परीक्षण सुरु भएको हो ।
यसअघि भने अस्पतालमा हप्ताकाे दुई दिनमात्रै पीसीआर परीक्षण हुँदै आएको थियो । ‘अस्पतालबाट यसअघि हप्ताकाे दुई दिनमात्रै पीसीआर परीक्षण हुँदै आएकोमा जिल्ला सीसीएमसीकाे निर्णयअनुसार आइतवारदेखि दैनिक परीक्षण सुरु गरेक...