स्कटल्यान्ड क्वालिफायर समूह बी मा शीर्ष स्थानमा रहँदै शीर्ष १२ मा पुगेको छ। टेष्ट टोली बंगलादेशलाई पछि पार्दै स्कटल्यान्डले शतप्रतिशत नतिजा निकाल्दै समूह विजेताका रुपमा अन्तिम १२ मा स्थान बनाएको हो। समूह बी को अन्तिम खेलमा स्कटल्यान्डले घरेलु टोली ओमानलाई ८ विकेटले पराजित गर्दै शिर्ष स्थान पक्का गरेको हो।उक्त समूहमा उपविजेताका रूपमा बंगलादेशपनि सुपर १२ मा पुगेको थियो। जितको लागि १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको स्कटल्यान्डले १७ ओभरमा २ विकेट गुमाएर सहज रुपम जित ८ विकेटको जित निकाल्यो।उसका ला