काठमाडौं : पछिल्लो समय कोरोनाविरुद्ध खोप लगाएकाहरू पनि संक्रमित हुन थालेका छन्। कोरोना संक्रमणको दोस्रो लहरसँगै कम हुन थालेको संक्रमणको ग्राफ फेरि उकालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण पौडेका अनुसार देशभरबाटै पूरै विवरण नआए पनि उपलब्ध भएका विवरण हेर्दा खोप लगाएपछिका संक्रमित पनि बढ्न थालेका छन्। शनिबारकै तथ्यांक हेर्दा कुल पिसिआर पोजेटिभ मध्ये १० प्रतिशत संक्रमित खोप लगाएकाहरू रहेका पा