काठमाण्डाै - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।
राति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ की २७ वर्षकी रेनुका कुलुङको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको बिहान राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचारका क्रममा ज्यान गएको हो ।
यस्तै, दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ९ जनाको राष्ट्रिय ट्रमा सेन्...