काठमाडौँ– चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ । प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने छनोट समितिका संयोजकसमेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । ग्योरोगीमा पुरुषतर्फ ५ र महिलामा ४ गरी ९ […]