१९औं एसियाली खेलकुद प्रतियोगिताको लागि जुडोको दोस्रो चरणको छनोटबाट २१ खेलाडी छनोट भएका छन् । कीर्तिपुरको नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा सम्पन्न दोस्रो चरणको छनोटबाट पुरुषतर्फ ११ जना र महिलातर्फ १० जना खेलाडी गरी २१ जना खेलाडी छनोट भए ।प्रतियोगिता विभिन्न ६ तौल समूहमा छनोट भएको थियो । पुरुष ७३ केजी तौल समूहमा एपीएफका प्रमोद मन्डल, सन्जित डंगोल र सुदेश डोङ तथा पुरुष ८१ केजी तौलमुनि मधु रोकामगर, जंगबहादुर सारु र योगेन्द्र बिष्ट छनोट भए ।त्यस्तै छनोट प्रतिायोगितामा पुरुष ६० केजी