कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि सुरु हुँदै

काठमाडौं : नेपाली कांग्रेसले आजदेखि एक महिने चुनावी अभियान सुरु गर्दै छ। स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिसकिएको महतको भनाइ छ। चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ। स्थानीय तहको निर्वाचनको लागि माहोल बनाउनेलगायत आठ वटा मुद्दामा अभियान के