अनेरास्ववियुको राँके जुलुस प्रदर्शन : प्रहरीसँग झडप, विद्यार्थी घाइते (फोटो फिचर)

काठमाडाैं : नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्धिको विरोधमा आज राँके जुलुस निकालेको छ। काठमाडौँको त्रिचन्द्र कलेजबाट राँके जुलुस निकालिएको हो।अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालको नेतृत्वमा निस्किएको विद्यार्थीको जुलुसले प्रधानमन्त्री शेर बहादुर देउवा र आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको पुत्ला समेत जलाएकाे छ। प्रदर्शनकारीले तीन धारा पाठशाला, घण्टाघर सडक केही बेर अवरुद्ध गर्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए।मसाल जुलुसलाई प्

सम्बन्धित सामग्री

नागरिकता विधेयकविरुद्ध राप्रपा नेपाल सम्बद्ध विद्यार्थीको राँके जुलुस

काठमाडाैं : संसदबाट पास गरिएको नागरिकता विधेयककोविरुद्धमा राप्रपा नेपाल सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ।मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्‍याएकाे भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले विरोध जनाएका हुन्।अहिले साँझ नागरिकता विधेयकको बुँदाहरु विवादास्पद, अनुचित र राष्ट्रहित विपरीत भएको  विरोधमा विद्यार्थी संगठनका नेता कार्यकर्ताहरूले राँके जुलुस प्रदर्शन गरेका छन्।नागर

नागरिकता विधेयकविरुद्ध राप्रपा नेपालका जनवर्गीय सङ्गठनको राँके जुलुस प्रदर्शन

काठमाडौं । संसदबाट पास भएको नागरिकता बिधयेकविरुद्ध राप्रपा नेपालसम्बद्ध सम्बद्ध जनवर्गीय संगठनहरुले राँके जुलुश प्रदर्शन गरेका छन् । शनिबार साँझ पार्टी सम्बद्ध युवक, विद्यार्थी र युवा मोर्चाका नेता कार्यकर्ताले नागरिकता विधेयकका बुँदाहरु विवादास्पद, अनुचित र राष्ट्र हित विपरीत भएको भन्दै राँके जुलुस प्रदर्शन गरेका हुन् । नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर […]

गभर्नरको राजीनामा मग गर्दै दाङमा राँके जुलुस

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै दाङमा राँके जुलुस प्रदर्शन गरिएको छ ।नेकपा एमालेको अर्थ तथा योजना विभागको कमिटीमा राष्ट्र बैंक गभर्नर सदस्य रहेको पाइएपछि उनको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्ववियु विद्यार्थी (क्रान्तिकारी) दाङले बिरोध जनाउदै राँके जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनकारीले गभर्नर अधिकारीले नाम लुकाउँदै सुटुक्क नेकपा एमालेको संगठनमा गभर्नर समाहित हुनु आपत्तिजनक रहेको जनाएको छ ।

किसानलाई मल माग्दै राँके जुलुस (फोटोफिचर)

किसानलाई मल माग्दै किसान महासंघले शनिबार साँझ थापागाउँमा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । किसानहरुले समयमा मल नपाएको प्रदर्शनकारीको गुनासो रहेकाे थियो । राँके जुलुस  निकाल्दै उनीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । समयमा मल नदिए कडा कदम चाल्ने उनीहरुको चेतावनी रहेकाे थियो ।

महंगी वृद्धिको विरोधमा खोटाङमा राँके जुलुस प्रदर्शन

खोटाङ – महंगी वृद्धिको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महंगी बढेको बिरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन् । युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जनताको जनजिवीकालाई सहज बनाउन माग गर्दै एमाले […]

महंगीको विरोधमा खोटाङमा राँके जुलुस प्रदर्शन

खोटाङ – महंगीको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ। दिनानुदिन महंगी बढेको बिरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन्। युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जनताको जनजिवीकालाई सहज बनाउन माग गर्दै एमाले पार्टी कार्यालयदेखि त्रिबेणीचोकसम्म […]

पेट्रोलियम पदार्थकाे मूल्य वृद्धिविरुद्ध राँके जुलुस (फाेटाे फिचर)

काठमाडौं : पेट्रोलियम पदार्थमा बारम्बार भइरहेको मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले राँके जुलुस निकालेको छ।काठमाडौंको नेपाल कमर्श क्याम्पस मीनभवनमा आज बेलुकी राँके जुलुस प्रदर्शन गरेको हो।

गृहजिल्लामा प्रधानमन्त्री ओलीविरुद्ध राँके जुलुस

प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा उनीविरुद्ध राँके जुलुस प्रदर्शन गरिएको छ । पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका कार्यकर्ताले झापाको बिर्तामोडमा राँके जुलुस निकालेका हुन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध देशभर आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समूहको...