घोराही उपमहानगरको प्रमुखमा एमालेको अग्रता

घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ। मतगणना सुरु भएदेखि गठबन्धनका उम्मेदवार हेमराज शर्माले अग्रता लिइरहेको भएपनी अहिले भने एमालेका चौधरीले अग्रता लिन सुरु गरेका हुन। चौधरीले ७ हजार ४५ मतका साथ अग्रता सुरु गरेका हुन्।...

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै

तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २४ हजार ८ सय ९१ मतले साथ अग्रता लिइरहेका छन्।...

पोखरा महानगर अपडेट : प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।

तुलसीपुर उपमहानगरमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता

दाङ,९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । सत्ता गठबन्धनलाई पछि पार्दै प्रमुखमा एमालेका टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरीले अग्रता लिइरहेका हुन् । पछिल्लो मतपरिणाम अनुसार खड्काले २० हजार ३१९ र चौधरीले १९ हजार ७८० मत ल्याएकी छन् । गठबन्धनका गेहेन्द्र गिरीले १८ ह जार ५०६ मत पाउँदा राप्रपाका […]

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता, कसले कति मत पाए

तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा टिकाराम खड्का र स्यानी चौधरीले अग्रता लिइरहेका छन् । खड्का र चौधरी दुवै नेकपा एमालेका हुन् । प्रमुखमा खड्काले १५ हजार ४०५ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ४०५ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका जगधनी चौधरीले ६४१ मत […]

तुलसीपुर उपमहानगर : मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रमुखमा कांग्रेसले अग्रता कायमै राखेको छ भने उपप्रमुखमा एमालेको अग्रता छ। मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा एमालेका स्यानी चाैधरीले अग्रता लिएका हुन्।१८ हजार १९३ मत गणना हुँदा मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गिरी निकटतम प्रतिस्पर्धिभन्दा १८१ मतले अगाडि छ्न। गिरीले ७ हजार ६६७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका टिकाराम खड्काले ७ हजार ४८६ मत प्राप्त गरेका छन।यस्तै मेयरमा राष्ट्रिय प्रजातन्त्र पाटीका जगधनी चौधरीले ३४७, ने

बुटवल उपमहानगरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

बुटवल, ५ जेठ । बुटवल उपमहानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार खेलराज पाण्डेयले अग्रता लिएका छन् । नेपाली कांग्रेसका पाण्डेयले १९ हजार २७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बाबुराम भट्टराईले १४ हजार ३१ मतले मत ल्याएका हुन् । उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ हजार ७५० मत ल्याएका हुन् […]

बुढानिलकण्ठमा सात वडाको मतगणना सम्पन्न, प्रमुखमा एमालेको अग्रता

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । केहीबेर अगाडि सात वडाको मतगणना सम्पन्न गर्दा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले चार हजार ७३८ मत ल्याएर अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले चार हजार ५८७ मत …

इटहरी उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन अगाडि, उपप्रमुखमा एमालेको अग्रता

सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र उपप्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार उपमहानगर प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका हेमकर्ण पौडेलले ४ हजार १६८ मतसहित अग्रता लिएका हुन् ।प्रमुखमा नेकपा एमालेका यामकुमार चुङ्गवाङ सुब्बाले ३ हजार १५३ र राप्रपाका आकाश हाङ लिम्बुले ४१७ मत पाएका छन् । यस्तै, उपप्रमुखमा नेकपा एमालेका संगीता कुमारी चौधरीले ३ हजार ४८९ मतसहित अग्रता बनाउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका केशवकुमार वि

जीतपुर–सिमरामा गठबन्धन र कलैयामा एमालेको अग्रता कायमै

काठमाडौँ,१ जेठ । बाराको दुई उपमहानगरपालिकामध्ये जीतपुर–सिमरामा गठबन्धन उम्मेदवारको सुरुआती अग्रता कायम रहदै आएको छ । कलैया उपमहानगरमा भने नेकपा (एमाले) को अग्रता कायमै छ । जीतपुर–सिमरामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नगर प्रमुखमा राजन पौडेलले ३ हजार ७०१, उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसको मेघा शाहीले ३ हजार ५२२ मत प्राप्त गरेका छन् । यस्तै […]

अमरगढीको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता बनाएको छ । एक हजार पाँच मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले चार सय ४२ र काँग्रेस बीपीका उम्मेदवार हरि भट्टले चार सय १२ मत पाएका छन्।यस्तै, उपप्रमुखमा काँग्रेसका उम्मेदवार पार्वती झुकालले चार सय २४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले चार सय ३१ मत पाएका छन् ।