चितवनको माडी नगरपालिकामा नेकपा एमाले अगाडि बढेको छ । हालसम्म सो नगरको वडा नम्बर १ र वडा नम्बर ९ मा ३ हजार ४३६ मत मत गन्दा एमालेले अग्रता कायमै गरेको हो । माडी नगर प्रमुखका लागि एमालेका उम्मेदवार ताराकुमारी काजी महतोले १५ सय ६९ मत पाएर अगाडि रहेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेले १३ सय ८२ पाएका छन् । उप मेयरमा काँग्रेसका खेम महतोले १२ सय ६० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले ८ सय ३८ मत पाएका छन् । राप्रपाका मदन पौडेलले ५ सय ९३ मत पाएका छन्