प्रदेश नम्बर ४ मा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई सोमबार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन्। गुरुङले कूल ६० जना सदस्य रहेको प्रदेशसभामा २७ जना सदस्य रहेको नेकपा एमालेको संसदीय दलको नेतामा आफू सर्वसम्मत भएको र १२ सदस्य रहेको नेकपा (माओवादी केन्द्र)को समर्थन रहेको भन्दै प्रदेश…