काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाउनुभएको छ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उहाँले सो गोप्य योजना बनाउनुभएको हो । डेढ साताअघि हेटौंडामा आयोजित […]
कठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उनले सो गोप्य योजना बनाएका हुन् ।डेढ साताअघि हेटौंडामा आयोजित दुई दिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए
भौगोलिक रुपमा देशकै ठुलो महानगरका रुपमा रहेको पोखरा महानगरपालिकाको नगरसभा बैठक सुरु भएको छ । बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस हुँदैछ । महानगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले सहभागीहरुलाई स्वागत गरेकी छन् । नगरसभाको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली छन् ।कार्यक्रममा नगर सभा तथा महानगरको नीति तथा कार्यक्रमका सम्बन्धमा अतिथिहरूले शुभकामना दिने क्रम जारी छ । नगरसभामा मेयर आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको विकासका लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार हुनुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आयोजित नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । पोखरा प्रदेशको राजधानी मात्र होइन, पर्यटकीय केन्द्र भएकोले विकासका लागि प्रदेश सरकार र स्थानीय सरकार सँगसँगै अगाडि बढ्नु
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्थतन्त्रको मुख्य आधार पर्यटन रहेको बताएका छन् । पोखरा महानगरको दसौं नगरसभाको शुक्रबार उद्घाटन गर्दै उनले पोखरा नेपालकै प्रमुख पर्यटकीय केन्द्र भएको बताए ।
बुटवल । लुम्बिनी प्रदेशमा तीन वटा महानगरपालिका बनाउने योजना वर्षौंदेखिको हो । संघीय संरचना अनुसार प्रदेश सरकार स्थापना भएको सुरुकै वर्ष तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न नगरपालिका समेटेर महानगर बनाउने जनाएका थिए । तर त्यसबारे अहिलेसम्म प्रगति शून्य छ ।आर्थिक वर्ष ०७५/०७६ मा साविकका बुटवल–भैरहवा, नेपालगञ्ज–कोहलपुर र घोराही–तुल्सीपुरलाई महानगरको रुपमा विकास गर्ने भन्दै नीति तथा कार्यक्रममा समावेश भएको थियो । तर अहिलेसम्म त्यसबारे ठोस काम हुन सकेको छैन ।प्रदेश सरकारले आर
१३ असार, पोखरा । सार्वजनिक निजी साझेदारी योजनाको नाममा पोखराका विभिन्न प्राकृतिक सम्पदा निजी कम्पनीलाई दिन लागेको भन्दै प्राकृतिक सम्पदा संरक्षणकर्मीले विरोध गरेका छन् । पोखरा महानगरको उक्त कदम रोक्न माग गर्दै राष्ट्रिय सम्पदा जनअधिकार संरक्षण समितिले आइतबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । सेती नदी डिल र यसका किनार अत्यन्तै कमजोर […]
चितवन : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धिका लागि सोच परिवर्तन गर्नुपर्ने बताएका छन।
भरतपुर महानगरको चौथो नगरसभालाई सम्बोधन गर्दै पौडेलले सडक बनाउनु, भौतिक संरचना निर्माण गर्नुलाई मात्रै विकास सोच्ने पुरानो मानसिकता त्याग्नुपर्ने बताएका हुन। उनले भने ‘प्राय सवै जसो स्थानीय तहबाट सडकब...