जनकपुरधाम-प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेस सरकारले आन्दोलन थालेकाे छ। संविधानको अनुसूची ६ मा शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकार मातहत रहने भने पनि संघ सरकारले प्रहरी समायोजन नगरेको भन्दै मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूले प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका हुन्। आइतबार पूर्वनिर्धारित प्रदर्शनको कार्यक्रमअनुसार प्रदेश प्रमुखको कार्यालयको प्राङ्गणमा टेन्ट लगाएर मन्त्रीहरू धर्नामा बसेका छन्। प्रदेश […]