राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद मन्त्री बन्ने लबिङमा लागेको पाइएको छ । सो पार्टीबाट प्रत्यक्ष ७ र समानुपातिकमा १३ गरेर कुल २० सांसद छन् । जसमध्ये पार्टी सभापति समेत रहेका लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएपछि अधिकांश सांसदले मन्त्री बनाउन लबिङ थालेका हुन् । लामिछानेलाई भेटेर सांसदहरुले मन्त्री बनाउन माग गर्दै लविङ गर्न थालेको एक सांसदले बताए । ‘पार्टी सरकारमा गएपछि मेरो पनि मन्त्रीको सम्भावना छ । तर, सभापतिले कसकसलाई मन्त्री बनाउनुहुन्छ थाहा छैन।’ ती सांसदले भ