हामी नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँ यतिखेर सबैको घर–आँगनमा भित्रिसकेको छ । घटस्थापनासँगै चारैतिर दशैँको उमंगले छोपिसकेको छ । शरद् ऋतुको यो मनमोहक मौसममा बेग्लै प्रकृतिको रौनक छाएको छ । चारैतिर हिलोमैलो हराएको छ, सारा नेपालीमा सुखद अनुभूति छाउन थालेको छ । दुःख–कष्ट बिर्सने चाड पनि भएकाले होला, सबैतिर हर्ष र उमंगको वर्षा भएको छ […]