नागरिक लगानी कोषको पैसा झिक्दा कति कर लाग्छ ?

काठमाडौं – नागरिक लगानी कोषको बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमको रकम फिर्ता गर्दा लाग्ने करमा कुनै तलमाथि नभएको कोषले जनाएको छ  ।  केही सामाजिक सञ्जालमा नागरिक लगानी कोषअन्तर्गत बचत वृद्धि स्वीकृत अवकाश कोषमा जम्मा भएको पैसा झिक्दा धेरै कर काटिएको गुनासो आएपछि कोषले आज विज्ञप्ति निकालेर कर कट्टामा ...

सम्बन्धित सामग्री

नागरिक लगानी कोषको ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । नागरिक लगानी कोष (सटिजन इन्भेष्टमेन्ट ट्रष्ट) को ७५ हजार कित्ता संस्थापक शेयर फागुन २ गतेदेखि विक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर फागुन १० गतेसम्मका लागि विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. ७४३ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शिलबन्दी खाम बाहिर सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट उल्लेख गरेको हुनुपर्नेछ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं र विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ । यो शेयर प्राप्त गर्ने लगानीकर्ताहरूले फागुन २ गतेपछि कोषद्वारा प्रस्ताव गरिने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कोषले दिएको छ ।

दोहोरो अंकले बढेको बजारमा ७ ओटा कम्पनीका शेयरधनीले सर्वाधिक कमाए

साउन ४, काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सोमवार कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये सात ओटा कम्पनीका शेयरधनीले सर्वाधिक कमाएका छन् ।   यो दिन सिनर्जी पावर डेभलपमेण्ट कम्पनी, बिशाल बजार कम्पनी, नेपाल इन्स्योरेन्स, नागरिक लगानी कोष, हिमालयन उर्जा विकास कम्पनी, अरुण काबेली र हिमालयन पावर पार्टनरका शेयरधनीले सर्वाधिक कमाएका छन् ।   दोहोरो अंकले बजार बढेसँगै ती सात ओटै कम्पनीको शेयरमूल्यमा उच्च दरले वृद्धि भएका कारण शेयरधनीले कमाएका हुन ।  ती सात ओटा कम्पनीमध्ये सबैभन्दा बढी सिनर्जी पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५१४ पुगेको हो । त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव २० प्रतिशत,नेपाल इन्स्योरेन्स कम्पनीको ७ दशमलव ५७ प्रतिशत,नागरिक लगानी कोषको ६ दशमलव ४० प्रतिशत,अरुण काबेली पावरको ५ दशमलव ७० प्रतिशत र हिमालयन पावर पार्टनरको शेयरमूल्य  ५ दशमलव २८ प्रतिशतले वृद्धि भएको हो । ती सात ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । बिशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६ हजार १७०, नेपाल इन्स्योरेन्सको रू.१ हजार १५०, नागरिक लगानी कोषको रू. ३ हजार ७२४, हिमालयन उर्जा विकास कम्पनीको रू.३९०,अरुण काबेली पावरको रू. ५१९ र हिमालयन पावर पार्टनरको शेयरमूल्य प्रतिकित्ता रू. ५२० पुगेको छ ।

नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्तको शेयरमूल्य समायोजन

असार ८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संथा लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले नागरिक लगानी कोषको ९ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३ हजार ७४३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू. ४ हजार ८० को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले ९ प्रतिशत बोनस शेयर ८ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असार १८ गते २६औं सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तै, नेप्सेले नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ५४९ तोकेको छ । सोमवार कम्पनीको रू. ६२६ मा कम्पनीको अन्तिम कारोबार भएको थियो ।  कम्पनीले पाँचौं वार्षिक साधारण सभा असार ३१ गतेलाई तय गरेको छ । सभा सिटिस्क्वेयर प्रालि न्यूरोड पोखरामा बिहान ९ बजे शुरु हुनेछ ।  सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित प्रस्ताव गर्नेछ ।   दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बुक क्लोजको आधारमा सोमवारसम्म कायम शेयरधनीहरुले मात्र दुवै कम्पनीको सभामा भाग लिन सक्ने भएका छन् ।

नागरिक लगानी कोषको 'कोभिड प्रभावित विशेष सापटी' योजना, ५० प्रतिशत रकम लिन पाइने

नागरिक लगानी कोष (सीआईटी) ले कोभिड-१९ बाट प्रभावित पर्यटन क्षेत्रका कर्मचारीलाई विशेष सापटी सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकसहित ४ ओटा कम्पनीको शेयर सूचीकृत

वैशाख ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आइतवार चार ओटा अलग - अलग कम्पनीको शेयर सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक र गरिमा विकास बैंकको बोनस शेयर र नागरिक लगानी कोष र साना किसान लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर सूचीकृत भएको हो । नेपाल इन्भेष्टमेण्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता बोनस शेयर र गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  त्यसैगरी नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । साथै साना किसान लघुवित्तको २५ लाख ५७३ दशमलव ५६ कित्ता बोनस शेयर र पहिलाको १२ हजार ४४२ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । ती चार ओटै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नेपाल इन्भेष्टमेण्ट बैंकले गत माघ  ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर, गरिमा विकास बैंकको माघ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएका हुन् ।

नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति

काठमाडौं । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको कार्य गर्न बोर्ड समक्ष निवेदन दिएकोमा उक्त कम्पनीले धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति पाएको छ । बोर्डले नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय स...