राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसंगै सेवा पनि प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानका कामु निर्देशक डा रमेश कँडेलले ओपिडीबाट १ हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको जानकारी दिए। गएको साउनदेखि माघको तेस्रो हप्तासम्म सो संख्यामा युरोलोजी सेवा लिएका हुन।
शहीद गंगालाल हृदयरोग केन्द्रमा एक वर्षको अवधिमा १३ भन्दा बढीको मुटुका शल्यक्रिया भएको छ । बिहीबार अस्पतालमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले १ हजार ३ सय ७७ जनाको मुटुको शल्यक्रिया गरिएको जानकारी दिए । यस्तै, शल्यक्रिया नगरिकनै ४ वटा मुटुका भल्भ प्रत्यारोपण गरिएको डा. अधिकारीले बताए । यस्तै, अस्पतालमा कोरनरी एन्जियोग्राम ४ हजार ६०७ जनाले गराएका छन् भने कोरनरी एन्जीओप्लाष्टी २ हजार ३३ जनाले गराएको छन् । डा. अधिकारीका अनुसार आईभीयुएस २३, पिटीएमसी २ सय ४२, इपिए
पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीकाअनुसार मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् । घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् ।बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मिर्गौलाको समस्याबाट गुज्रिँदै आएका उनको तीनपटक शल्यक्रिया गरेको परिवारले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
काठमाडौं (हाम्रो खेलकुद – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत मलेसियासँग शनिबार भएको खेलमा घाइते भएका तीव्र गतिका बलर कमलसिंह ऐरीको सफल शल्यक्रिया भएको छ । आइतबार बिहान कलंकीमा रहेको नेपाल नेशनल अस्पतालमा चिकित्सक निरज केसी र निराजन सुवेदीको टोलीले शल्यक्रिया गरेका हुन् । शनिबार टियु मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य […]
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत मलेसियासँग शनिबार भएको खेलमा घाइते भएका तीव्र गतिका बलर कमलसिंह ऐरीको शल्यक्रिया आइतबार हुने भएको छ । टियु मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कमल १८ औं ओभरमा घाइते भएका थिए । आदिल अन्सारीको बलमा मलेसिया ब्याटर एनुल हफिजले चोभार […]
काठमाडौं (नेस) । तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा, तेज कोहली एन्ड रुइत फाउन्डेसनको सहयोगमा निजगढ प्राथमिक स्वास्थ्य सेवा केन्द्र, निजगढमा ३ दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क स्वास्य शिविरमा २ हजार २ सय ६ जनाको आँखा जाँच गएिकोमा अन्य उपचारबाहेक ३ सय ५ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको तिलगंगा आंखा प्रतिष्ठानले जनाएको […]
पाँचथर । पाँचथर जिल्लाकाे सदरमुकाम फिदिममा आयोजित निःशुल्क आँखा शिविरमा २ सय १८ जना बिरामीको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनीहरुले आँखा देख्न सक्नेसमेत भएका छन्। याे निःशुल्क आँखा शिविरमा १ हजार ४ सय ५७ जनाले सेवा समेत लिएका छन। फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जनसेवा समाज पाँचथरले साे शिविरकाे आयोजना गरेको हाे। शिविरमा अन्य १ […]
चिकित्साको संसारमा प्रविधि क्रान्तिकारी प्रमाणित हँुदै गइरहेको छ । यसको एक अर्को हलचलको अवस्था चीनमा देखिएको छ । चीनमा विशेषज्ञले फाइभ–जी नेटवर्कको सहयोगमा २ सय किलोमिटर पर बसेर चिकित्सकलाई निर्देशन दिई गल ब्लाडर (पित्ताशय) को शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन् ।