जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

बर्दियाको गेरुवा गाउँपालिका–१ मा जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–१ निवासी ६० वर्षीया भुन्टी बोहोराको बगुवा सामुदायिक जङ्गलको किनारमा आज बाख्रा चराउनेक्रममा हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । सो स्थानमा पछिल्लो समय जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।

सम्बन्धित सामग्री

इजिप्टमा घुम्न गएका दुई महिलाकाे सार्ककाे आक्रमणमा परी मृत्यु

एजेन्सी- इजिप्टको तटीय क्षेत्रमा यसै साता सार्कको आक्रमणमा एक अस्ट्रियाली र अर्की रोमानियाली महिलाको मृत्यु भएको इजिप्टको वातावरण मन्त्रालयले जनाएको छ। रेड सीमा दक्षिणी हुर्घाडाको सहल हसिस क्षेत्रमा पौडी खेल्ने क्रममा दुई महिलालाई सार्कले आक्रमण गरेको र दुबै जनाको मृत्यु भएको हाे। अस्ट्रियाको समाचार एजेन्सी एपीएका अनुसार मृत्यु भएकामध्ये एक महिला देशको टायरोल क्षेत्रकी भएको […]

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

कैलाली । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ की ५० वर्षीया टंकमाया सोडारी रहेकी छन् । शनिबार साँझ कर्णाली नदी किनार सनकट्टीघाटको जंगलबाट निस्केका दुई वटा हात्तीले सोही नदीमा तटबन्ध निर्माणमा मजदुरी गरेर घर फर्किरहेकी सोडारीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । उनीसँगै रहेका दुई जना महिलाले […]

चितवन राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएकी एक महिलाको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जामा निउरो टिप्न गएका एक जनाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेत रहेकी छन् । बिहीबार बिहान १०–१२ जनाको समूह निउरो टिप्नका लागि जंगल गएका थिए । सोही समयमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलभित्र लगेको थियो । मध्याह्न १२ बजेतिर रेखाको […]

बाघको आक्रमणबाट महिलाको मृत्यु

चितवन : जिल्लाकाे घाैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका–२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो।बाघको आक्रमणमा परी मृत्यु भएकी महिलाको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। योसँगै चितवन राष्ट

बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

चितवन – घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका–२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो। बाघको आक्रमणमा परी मृत्यु […]

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया। पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ। मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो। बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया थापालाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो। खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए।

बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–१ मा जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।गेरुवा गाउँपालिका–१ निवासी ६० वर्षीया भुन्टी बोहोराको बगुवा सामुदायिक जङ्गलको किनारमा आज बाख्रा चराउने क्रममा हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।सो स्थानमा पछिल्लो समय जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।

गैंडाको आक्रमणमा परी महिलाको मृत्यु

२० फागुन, काठमाडौं । पूर्वी नवलपरासीमा गैंडाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बारीमा घाँस काट्न गएका बेला गैंडाले आक्रमण गर्दा मध्यबिन्दु नगरपालिका–१२ की ४४ वर्षीय पविसरा विकको मृत्यु भएको हो । गैंडाको आक्रमणमा परी …

हात्तीको आक्रमणमा परी दुई महिलाको मृत्यु , चार घाइते

कञ्चनपुर : महाकाली नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणमा परी दुई महिलाको मृत्यु र चारजना महिला घाइते भएका छन्। मायापुरी सामुदायिक वनमा बुधबार घाँस दाउरा गर्न गएका ५० वर्षीया भुलीदेवी बोहरा र ३८ वर्षीया वसन्ती भट्टको हात्तीको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादु...