संखुवासभा : आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले संखुवासभाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ।एमाले संखुवासभाले बिहीबार जिल्लाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख पद टुङ्गो लगाएको हो।सदरमुकाममा रहेको खाँदबारी नगरपालिका नगर प्रमुखमा जीतबहादुर घिमिरे र उप प्रमुखमा महेश्वर बज्राचार्यलाई उम्मेदवार छनौट गरेको नेकपा (एमाले) संखुवासभाले जनाएको छ।नगर प्रमुख घिमिरे र बज्राचार्य दुबै जना नयाँ अनुहार हुन्।घिमिरे एमालेका जिल्ला अध्यक्ष र २०५४ साल को निर्वाचि