आन्तरिक बजारमा स्वदेशी जुत्ताको माग घट्यो

काठमाडौं । आन्तरिक बजारमा स्वदेशी जुत्ताको व्यापार खस्किएको छ । जुत्ता उत्पादक संघ, नेपालका अनुसार विगत ६ महीनादेखि उत्पादन २५ प्रतिशतमा झरेको छ । सहकारीमा समस्या, भारतबाट जुत्ताको चोरीपैठारी, ठूलो संख्यामा युवा विदेशिनु र देशमा व्याप्त आर्थिक मन्दीले जुत्ता व्यापार घटेको व्यवसायीहरूको अनुमान छ ।  संघका वरिष्ठ उपाध्यक्ष चोककुमार श्रेष्ठका अनुसार भारतमा जुत्ताको उत्पादन लागत निकै सस्तो छ । बैंकको सस्तो ब्याजदर र कच्चा पदार्थ भारतमै उत्पादन हुने भएकाले त्यहाँको उत्पादन सस्तो हुन गएको हो । नेपालमा उत्पादित जुत्ता भारतको भन्दा ३० देखि ३५ प्रतिशत महँगो हुने उनले बताए । ‘एउटा त सस्तो जुत्ता, त्यसमा पनि चोरीपैठारी गरेर ल्याउँदा भन्सार शुल्क तिर्नु पर्दैन । बजारमा छ्याप्छ्याप्ती सस्तो जुत्ता पाइएपछि नेपालमा बढी उत्पादन लागतका कारण महँगो भएकाले जुत्ता विक्री गर्न सकस भएको हो,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘हामीले अहिले वार्षिक ४ करोड जोर जति जुत्ता उत्पादन गर्ने गरेका छौं । नेपालको कुल माग र भारतबाट भन्सार तिरेर आयात भएको जुत्ताको स्थिति हेर्दा लगभग २ करोड जोर जति जुत्ता अवैध तरीकाले आयात भएको हुनसक्ने अनुमान लगाएका छौं ।’  सरकारले चोरीपैठारी नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । अन्यथा नेपालका स्वदेशी उद्योग संकटमा पर्नुका साथै सरकारले राजस्वसमेत गुमाइरहने व्यवसायी बताउँछन् । स्वदेशी ब्रान्ड ब्ल्याक हर्सका प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठ आर्थिक मन्दीको स्थितिलाई पनि जुत्ताको माग घट्नुको कारक मान्छन् । ‘६ महीनायता व्यापार निकै खस्केको छ । यसको एउटा प्रमुख कारण आर्थिक मन्दी हो । उद्योगी व्यवसायीसँग पैसा छैन । बैंकहरूले ऋण दिइरहेका छैनन्,’ उनले भने, ‘पैसाको अभावमा उत्पादन कम गर्नुपर्ने बाध्यता एकातिर छ भने उपभोक्ताको आयस्रोत पनि कम भएकाले माग नै घटेको हो ।’ नेपालबाट दिनहुँ ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) को ९ महीनामा ६ लाख नेपाली रोजगारीका लागि विदेशिएका छन् । गत साउनदेखि चैतसम्ममा ५ लाख ४८ हजार ६६४ पुरुष र ५३ हजार ४८९ महिला गरी ६ लाख २ हजार १५३ जनाले श्रमस्वीकृति लिएको विभागले जानकारी दिएको छ । अध्ययनका लागि विदेशिने युवायुवतीको संख्या पनि उत्तिकै छ ।  खरीद गर्ने इच्छाशक्ति र क्षमता भएको वर्ग देशमा नहुँदा त्यसको समेत असर जुत्ता व्यवसायमा परेको व्यवसायीको भनाइ छ । गाउँगाउँमा पुगेर सर्वसाधारणलाई सहज रूपमा कर्जा सुविधा दिइरहेका सहकारी संस्थाहरू समस्यामा पर्दा पनि जुत्ताको माग घटाउन बल पुगेको व्यवसायीको अनुमान छ । रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपाने नेपाली जुत्ता उत्पादकहरूले आफ्नो जुत्ताको बजार विदेशमा पनि खोज्नुपर्ने बताउँछन् । यसका लागि जुत्ता गुणस्तरीय बनाएर निर्यात बढाउनुपर्नेमा उनको जोड छ । ‘अहिले सबै कुरा ग्लोबलाइजेशन भइसकेको छ । हामीले पनि सशक्तरूपले विश्व बजारमा जानुको विकल्प छैन । अब स्वदेशी बजारलाई मात्रै हेरेर हुँदैन,’ उनले भने । व्यवसायीले आफ्नो उत्पादनलाई विदेशी बजारमा लैजान सक्रियता देखाउँदा सरकारको तर्फबाट पनि उचित सहयोग हुनुपर्ने व्यवसायी न्यौपानेको भनाइ छ । आर्थिक मन्दीका कारण यस वर्ष दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीलगायतको पनि माग घटेको छ ।   

सम्बन्धित सामग्री

स्वदेशी फूलले बजारको माग धान्नै मुस्किल

लगानी अभावका कारण बजारको मागअनुसार फूल उत्पादन हुन सकेको छैन । स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म माग वृद्धि हुन्छ तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको एशोसिएशनले जनाएको छ । बजारको मागअनुसार फूल उत्पादन गर्न नसक्नुको मुख्य कारण …

स्वदेशी फूलले बजारको माग धान्नै मुस्किल

काठमाडौँ – लगानी अभावका कारण बजारको मागअनुसार फूल उत्पादन हुन सकेको छैन। स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ। हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म माग वृद्धि हुन्छ तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको एशोसिएशनले जनाएको छ। बजारको मागअनुसार फूल उत्पादन गर्न नसक्नुको मुख्य कारण साना […]

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य बनाउन माग

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य बनाउन नेपाल उद्योग परिसंघले माग गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेटेर परिसंघका नवनिर्वाचित पदाधिकारीले यस्तो माग गरेका हुन् ।  परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार...

स्वदेशी अभियानका सदस्यलाई छुट दिन माग

नेपाल उद्योग परिसंंघले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आवद्ध सदस्यहरूलाई सहुलियत दिन आग्रह गरेको छ।...

‘सरकारी कार्यालयमा ६० प्रतिशत स्वदेशी वस्तु प्रयोग गर्न माग’

मुलुकमा अधिकांश वस्तु विदेशबाट आयात भएर परनिर्भर भैरहेको अवस्थामा स्वदेशी उत्पादन बढाउनका लागि सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने माग उठेको छ ।...

‘स्वदेशी वस्तुको प्रवद्र्धन गर्न केन्द्रित मौद्रिक नीति सकारात्मक’

नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउन केन्द्रित भएको भन्दै मौद्रिक नीति २०७९/०८० को स्वागत गरेको छ । महासंघले लामो समयदेखि स्वदेशी वस्तुको प्रवद्र्धन र विकासका लागि बहस पैरवी गर्दै आएको छ ।स्वदेशी वस्तुको प्रवद्र्धन र विकासका लागि बहस पैरवी गर्दै आएको सन्दर्भमा आफ्ना माग सम्बोधन हुने गरी […]

स्वदेशी उद्योगविपरीतका नीति तत्काल सच्याउन महासंघको माग

आर्थिक वर्ष २०७९/०८० को बजेटमा भन्सार महशुल, अन्तःशुल्क लगायतका राजस्वका दरहरूमा गरिएको प्रावधानबाट स्वदेशी उद्योग व्यवसाय प्रभावित भएकोमा नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।उद्यमी व्यवसायीसँग विना परामर्श र राय सुझाव विपरीत एकतर्फी रूपमा बजेट र आर्थिक ऐनमा समावेश गरिएका प्रावधानले उद्योगलाई पर्न गएको समस्या तत्काल सम्बोधन गर्न पनि महासंघले सरकारसँग माग […]

स्वदेशी उद्योग प्रभावित हुने बजेटका नीति सच्याउन निजी क्षेत्रको माग

२७ जेठ, काठमाडौं । निजी क्षेत्रका दुई ठूला संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले स्वदेशी उद्योग प्रभावित हुने बजेटका नीतिहरू तत्काल सच्याउन सरकारसँग माग गरेको छ । शुक्रबार फरक–फरक प्रेस विज्ञप्ति जारी गर्दै ती संस्थाहरुले बजेटमा भन्सार महसुल, अन्तःशुल्क लगायतका राजस्वका दरहरूमा गरिएको प्रावधानबाट स्वदेशी उद्योग व्यवसाय प्रभावित भएकोमा गम्भीर ध्यानाकर्षण भएको […]