तिलाठी कोइलाडीमा कांग्रेस उम्मेदवार निर्वाचित

काठमाडौं : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्षमा अरुणकुमार मण्डल र उपाध्यक्षमा फुलकुमारी साह निर्वाचित भएका हुन्।  मण्डलले पाँच हजार ४५७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका सतिशकुमार सिंहले तीन हजार ५७५ मत प्राप्त गरे। सिंह निर्वतमान अध्यक्ष हुन्। उपाध्यक्षमा निर्वाचित साहले तीन हजार ६८१ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्

सम्बन्धित सामग्री

काठमाडौं–३ मा कांग्रेस उम्मेदवार चालिसे निर्वाचित

काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् ।  मंगलबार सकिएको मतगणनामा एमाले उम्मेदवार कृष्ण राईलाई हराउँदै चालिसे निर्वाचित भएका हुन् । चालिसे र राईबीच ३ हजार ९६२ मतान्तर रहेको छ । चालिसेले १५ हजार १५८ मत ल्याउँदा राईले ११ हजार १९६ मत पाएका छन् ।

कञ्चनपुरकाे भिमदत्तमा कांग्रेस उम्मेदवार बिजयी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका पदम बोगटी निर्वाचित हुनु भएको छ । मेयरमा निर्वाचित बोगटीले १५ हजार आठ सय ८२ मत प्राप्त गरेकाे भीमदत्त नगरपालिकाका मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश प्रसाद पन्तले आठ हजार एक सय ७९ मत प्राप्त गरे । यस्तै, […] The post कञ्चनपुरकाे भिमदत्तमा कांग्रेस उम्मेदवार बिजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा कांग्रेस उम्मेदवार निर्वाचित

३ जेठ, रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जनककुमार वाठा निर्वाचित भएका छन् । वाठा ४ हजार ४ सय ५५ मत ल्याउँदै गाउँपाालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत ल्याए । उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसी निर्वाचित […]

इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

१ जेठ, काठमाडौं । इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको सन्दकपुरमा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार तुलाराम गुरुङ विजयी भएका हुन् । उनले ४ हजार २२३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उदयबहादुर राईले ३ हजार २५८ मत ल्याए । यसैगरी उपाध्यक्षमा गठबन्धनकै […]

हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित

२ जेठ, जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण बहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकै सुर्पना शाही निर्वाचित भएकी छन् । अध्यक्ष शाहीले एक हजार ८७२ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष सुर्पनाले एक हजार ५१८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका […]

अछामको ढकारीमा कांग्रेस उम्मेदवार साउद निर्वाचित

२ जेठ, काठमाडौं ।  अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार प्रकाशबहादुर साउद निर्वाचित भएका छन् । उनले ३ हजार १८१ मत पाए । उनका निकटतम प्रतिस्पर्धी धर्मबहादुर शाहीले २ हजार ५५५ मत पाए । एकीकृत समाजवादीका शेरबहादुर बुढाले १ हजार ५९० मत पाए । त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै नेत्रकला देवी शाही निर्वाचित भइन्। उनले ३ हजार […]

गोलामा कांग्रेस भाग्यमानी

यहाँ कांग्रेस उम्मेदवार छबि न्यौपाने गोला तानेर वडाध्यक्ष निर्वाचित भए। उनका प्रतिस्पर्धी माओवादी उम्मेदवार पुरुषोत्तम सापकोटालाई गोलाले साथ दिएन।...

थलाराको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित

१ जेठ,  बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश रोकाया निर्वाचित भएका छन् । एमालेका उम्मेदवार प्रकाश रोकाया दुई हजार ७७४ मत ल्याएर निर्वाचित भए भने दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार कुलराज जोशीले दुई हजार ११२ मत र तेस्रो स्थानमा रहेका एकीकृत समाजवादीका विनोद थापाले एक हजार २०३ मत प्राप्त गरे । […]

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डे विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् । सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको मतदानमा २९७ मत खसेको थियो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।