काठमाडौं–३ मा कांग्रेस उम्मेदवार चालिसे निर्वाचित

काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् ।  मंगलबार सकिएको मतगणनामा एमाले उम्मेदवार कृष्ण राईलाई हराउँदै चालिसे निर्वाचित भएका हुन् । चालिसे र राईबीच ३ हजार ९६२ मतान्तर रहेको छ । चालिसेले १५ हजार १५८ मत ल्याउँदा राईले ११ हजार १९६ मत पाएका छन् ।

सम्बन्धित सामग्री

काठमाडौं ३ : ३ हजार मत गन्न बाँकी हुँदै कांग्रेसका चालिसेको जित निश्चित

काठमाडौं ३ का कांग्रेस उम्मेदवार सन्तोष चालिसेको जित सुनिश्चित भएको छ। निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार काठमाडौं ३ मा तीन हजार मत गन्न बाँकी छ।  कांग्रेस उम्मेदवार चालिसे एमालेका कृष्णबहादुर राईभन्दा तीन...

काठमाडौं ३ मा १५०० मतले कांग्रेसको अग्रता

काठमाडौं ३ मा कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ । यहाँ कांग्रेस उम्मेदवार सन्तोष चालिसेले ६४५९ मत ल्याएका छन् । एमालेका कृष्ण बहादुर राईले भने ५०६० मत पाएका छन् ।...

प्रदेशसभातर्फ कांग्रेसलाई अर्को सफलता, काठमाडौं ३ (क) मा छिरिङ दोर्जे निर्वाचित

प्रदेशसभा सदस्य निर्वाचनतर्फ कांग्रेसले थप एक सिटमा जित हात पारेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट कांग्रेस उम्मेदवार छिरिङ दोर्जे विजयी भएका हुन्

काठमाडौं ३ का माओवादी उम्मेदवार बजगाईं भन्छन्– अब कांग्रेसलाई सघाउँछु

नेकपा माओवादी केन्द्रबाट काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका बद्रीप्रसाद बजगाईले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन् । पार्टीको निर्णय बमोजिम आफ्नो उम्मेदवारी फिर्ता लिई कांग्रेसका उम्मेदवार सन्तोष चालिसेलाई सघाउने बताए । बुधबार पार्टी कोषाध्यक्ष श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै बजगाईलाई निष्क्रिय बसेर कांग्रेस उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । पार्टीको निर्णयलाई स्वीकार गर्दै बजगाईले कांग्रेस उम्मेदवार चालिसेलाई सघाउन सहमत भएका हुन् । ‘पार्टीको निर्णयलाई सम

काठमाडौं ३ मा एमालेका राई विजयी #NepalVotes #NepalElection2017

काठमाडौं क्षेत्र नम्बर ३ बाट एमाले उम्मेदवार कृष्णबहादुर राई विजयी भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार एमालेका राईले १९१६९ मतसहित विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत ल्याएकी थिइन्। यस्तै तेस्रो स्थानमा विवेकशील साझाकी सुमित्रा सिंह लामाले २२०५ मत ल्याएकी थिइन्।