आमा बन्दा आमाकै याद आउनेरैछ । काठमाडौँ, जैसीदेवलकी सुधा महर्जनलाई पनि आमा बनेको क्षण आमाकै याद आयो । ढेड वर्षअघि आमा बन्दा उनले सबैभन्दा पहिला आमालाई नै सम्झिइन् । तर, सम्झनामा आइरहने आमा यथार्थमा भने १० वर्षदेखि बेपत्ता छिन् ।
छोरीमैया महर्जन, सुधाकी आमा हुन् जो १० वर्षदेखि बेपत्ता छिन् । एक दिन घरबाट सकुशल निस्किएकी…