आन्तरिक रेमिट्यान्स दैनिक २५ हजार मात्र

अब मुलुकभित्रै आन्तरिक रूपमा पठाइने रेमिट्यान्सको सीमा २५ हजार रुपैयाँमा सीमित भएको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै रेमिट कम्पनीका एजेन्ट तथा सबएजेन्टमार्फत पठाइने रेमिटको सीमा घटाएको हो । यसअघि...

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत निःशुल्क आन्तरिक  रेमिट्यान्स पठाउन सकिने भएको छ।  बैंकले  आफ्नो मोबाइल बैंकिङ्ग एप (NIC ASIA MOBank) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको हो । बैंकले २०७८ चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले बैंकको एप प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्ने छन्। बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने छन्। यसका लागि ग्राहक महानुभावहरूले आफ्नो मोबाइलमा रहेको एप भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ। बैंकका अनुसार यस माध्यमबाट पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । साथै, बैंकका कुनै एक ग्राहकले अर्को कुनै ग्राहकलाई पठाएको रेमिट रकम एपबाट सहजै बुझन सकिने नवीन सुविधा समेत यस एपमा रहेको बैंकले जनाएको छ । यसका लागि ग्राहकहरूले एपभित्र रहेको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफलाई प्राप्त रकम र Unique PIN विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सक्ने छन्।बैंकले ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

ई–सेवा वालेटबाट निःशुल्कमा देशभर रेमिट्यान्स पठाउन सकिने

काठमाडौँ – ई–सेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब ई–सेवाबाट शून्य शुल्कमा नेपालभर आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ। यो सुविधा मार्च १ बाट प्रारम्भ भएर मे ३१ सम्म ३ महिना चालु रहने ई–सेवाले जनाएको छ। ई–सेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले ई–सेवा मनी ट्रान्सफरमार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभर रहेका १० हजार […]

इसेवाबाट निःशुल्क देशभरी रेमिट्यान्स पठाउन सकिने

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । यो सुविधा मे ३१ सम्म चालु रहने कम्पनीले जनाएको छ । इसेवा वालेटका प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स देशभर रहेका १० हजार बढी भुक्तानी केन्द्र र ५ हजार बढी इसेवाका एजेन्टमार्फत तुरुन्तै प्राप्त गर्न सकिन्छ...

इसेवाबाट निःशुल्क देशभरी रेमिट्यान्स पठाउन सकिने

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । यो सुविधा मे ३१ सम्म चालु रहने कम्पनीले जनाएको छ । इसेवा वालेटका प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स देशभर रहेका १० हजार बढी भुक्तानी केन्द्र र ५ हजार बढी इसेवाका एजेन्टमार्फत तुरुन्तै प्राप्त गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले प्रति व्यक्ति, प्रति कारोबार, प्रतिदिन २५ हजार रुपैयाँसम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरे संगै यो

विना शुल्क इसेवा मनी ट्रान्सफरबाट देशैभर रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा प्रयोग गरी अब शून्य शुल्कमा नेपालभर आन्तरिक रेमिट्यान्स पठाउन सकिने भएको छ । यो सुविधा १ मार्च २०२२ देखि सुरु भएर ३१ मे २०२२ सम्म लागू हुनेछ । इसेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफर मार्फत पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभर रहेका १० हजार बढी भुक्तानी केन्द्र […]

रेमिट्यान्स आप्रवाहमा कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स आप्रवाहमा कडाइ गरेको छ । देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म कारोबार गर्न पाइने ब्यवस्था गरिएको हो । यसअघि, यो सीमा १ लाख रुपैयाँ थियो । राष्ट्र बैंकले बिप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–एजेन्ट वा सव– रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति […]

आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा पठाउने रेमिट्यान्स कारोबारको सीमा घटाएको छ । बैंकिङ पहुँच विस्तारसँगै रेमिट्यान्स कम्पनीबाट हुने नगद कारोबार कम गर्न सीमा घटाइएको हो । राष्ट्र बैंकले बुधवार निर्देशन जारी गर्दै रेमिट्यान्स कम्पनी, सब–एजेन्ट तथा प्रतिनिधिले आन्तरिक रेमिट्यान्सको कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम २५ हजार रुपैयाँसम्मको सीमा निर्धारण गरेको छ । यसअघि दैनिक १ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था थियो । बैंक तथा वित्तीय संस्थाहरूको शाखा सञ्जाल विस्तारसँगै वित्तीय पहुँच बढेकाले रेमिट्यान्समार्फत नगद पठाउने सीमा घटाइएको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । ‘बैंकका शाखा गाउँ गाउँसम्म विस्तार भएको छ,’ पोखरलले भने, ‘रेमिट्यान्समार्फत हुने नगद कारोबार निरुत्साहित गर्न सीमा घटाएका हौं ।’ राष्ट्र बैंकले डलर खाता खोल्ने प्रावधान पनि लचिलो बनाएको छ । नयाँ व्यवस्था अनुसार बैंकहरूले संस्थागत विदेशी निक्षेपकर्ता र गैरआवासीय नेपालीबाट न्यूनतम एक हजार डलर बराबरको निक्षेप संकलन गर्न सक्नेछन् । यसअघि यस्तो सीमा ५ हजार डलर थियो । यसैगरी बैंकहरूले गैरआवासीय नेपालीलाई सरकारले दिएको अद्यावधिक परिचयपत्र वा गैरआवासीय नेपाली संघको परिचयपत्र वा सम्बन्धित व्यक्तिको राहादानीको प्रतिलिपि लिएर खाता खोल्न सकिने व्यवस्था गरेको छ । नाता प्रमाणित हुने कागजपत्रका आधारमा नाबालकको नाममा समेत खाता खोल्न सकिनेछ । यसैगरी राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई सेवाशुल्क र विनिमयदर सम्बन्धी विवरण आफ्नो वेबसाइटमा प्रकाशित गर्न समेत निर्देशन दिएको छ ।

घट्यो आन्तरिक रेमिट्यान्सको सीमा, एकदिनमा २५ हजारमात्रै पठाउन सकिने

१८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घटाएको छ । राष्ट्र बैंकले प्रतिदिन एक जना व्यक्तिले २५ हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था गरेको हो । यसअघि नेपालभर १ लाख रुपैयाँसम्म कारोबार गर्न पाइने व्यवस्था थियो । यो व्यवस्था बुधबारदेखि नै कार्यान्वयनका लागि रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

कुमारी स्मार्टमार्फत आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्टमार्फत नै आन्तरिक विप्रेषण पठाउन मिल्ने व्यवस्था ल्याएको छ ।\रेमिटकर्ताले प्रापकको नाम र मोबाइल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् । रेमिट रकम प्राप्त गर्नका लागी ग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरु र बैंकका १० हजार भन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरुमार्फत रकम बुझ्न सक्नेछन् ।नेपालमा यस्तो सहज रेमिट भुक्तानी सुविधा सुरुवात गर्ने बैंकमा कुमारी बैंक एक रहेको छ । सो प्रणालीमार्फतको कार