ज्ञानचन्द्र आचार्य बेलायतका लागि नेपाली राजदूत नियुक्त

संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाली आवासीय राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरिएको छ ।  शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूतमा नियुक्त गरेकी हुन् ।  आचार्यलाई बेलायतको राजदूतमा नियुक्तिका लागि मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको थियो ।  बेलायतले गत साता आचार्यको एग्रिमो स्वीकृत गरेको थियो । तर, उनीसँगै गत कात्तिकमा प्रस्ताव गरिएका राजदूतहरू डा. शंकर शर्मा र श्रीधर खत्रीको एग्रिमो चाहिँ नआएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

लण्डनमा नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रिमियर (तस्वीर)

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारिअर’लाई लण्डनमा रेडकार्पेट प्रिमियर गरिएको छ । स्थानीय लेस्टर स्क्वायरस्थित आइम्याक्स सिनेवर्ल्डमा आयोजित समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिको रुपमा सहभागी भए । बेलायतस्थित नेपाली डायस्पोराको खचाखच रहेको समारोहमा नेपालबाट पुगेका फिल्म निर्माता, निर्देशक, कलाकार र पत्रकारको बाक्लो उपस्थिति थियो । उक्त अवसरमा गोर्खा भेट्रानहरुलाई […]

लण्डनमा पूर्व गोर्खाका मुद्दामा त्रिपक्षीय वार्ता

लामो समयदेखि प्रतिक्षारत भूतपूर्व  गोर्खाहरूको समस्या समाधानका लागि लण्डनमा वार्ता भएको छ । संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा राज्यमन्त्री डा एन्ड्रिउ मरिसन, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, भूतपूर्व गोर्खाहरूको तर्फबाट मेजर (अवकाश प्राप्त) जुदबहादुर गुरुङसमेतको सहभागितामा भूपू गोर्खाहरूको माग सम्बोधनका विषयमा पहिलो बैठक बिहीबार सम्पन्न भएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।नेपाल सरकारको तर्फबाट राजदूत आचार्यले भूपू गोर्खाका लागि ब्रिटिस सैनिक सरह प

राष्ट्रियसभा अध्यक्ष  तिमल्सिना बेलायतमा

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायत आइपुगेका छन् । सोमबार बिहान हिथ्रो विमानस्थलमा अध्यक्ष तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गरेका थिए । तिमल्सिना सोमबार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुनेछन् । तिमल्सिनालाई स्वागत गर्न ओएनएफ युकेका नेताहरू बालकृष्ण भुसाल, भीमलाल भट्टराई, गंगा क्षेत्री, अलकल जंग लामा, सरस्वती केसी, भुपे

परराष्ट्रमन्त्री डा. खड्का एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् । एलिजाबेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् […]

नेपाली राजदूत र बेलायती मन्त्रीबीच भेट, भूतपूर्व गोर्खाको समस्या समाधानबारे छलफल

काठमाडौँ -भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेटेका छन् । गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ । भूपू गोर्खाहरूको मुद्दालाई अघि बढाउन […]

बेलायती मन्त्री र नेपाली राजदूतबीच भेटघाट, भुपू गोर्खाहरूको मुद्दाबारे छलफल

भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेटेका छन् ।गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।भुपू गोर्खाहरूको मुद्दालाई अघि बढाउन दुवै पक्षले गर्नुपर्ने आवश्यक गृहकार्य र अन्य पक्षसँग बहुपक्षीय छलफल एवं वार्ताको मिति तोक्नेलगायत विषयमा भ

भारतले पठायो राजदूत शर्माको एग्रिमो

२ चैत, काठमाडौं । भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएका डा. शंकर शर्माको नाममा तीन महिनापछि भारतले सहमति (एग्रिमो) पठाएको छ । मंगलबार  भारतले नेपाली राजदूत डा. शर्माको नाममा ‘एग्रिमो’ पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसअघि डा. शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसकेका छन् । […]

लन्डन आइपुगे नवनियुक्त राजदूत आचार्य

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्य  बुधबार बिहान लन्डन आइपुगेका छन् । कतार एयरको उडानमार्फत् बुधबार बिहान ७.५५ मा लन्डनको हिथ्रो विमानस्थल टर्मिनल ५ मा उत्रिएका राजदूत आचार्यलाई कार्यवाहक राजदूतको जिम्मेवारी समेत सम्हालेकी उपनियोग प्रमुख रोशन खनाल, बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि माइकल जोन होलोवे, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारसहित दूतावासका कर्मचारीहरुले भिआइपी लाउन्जमा स्वागत गरे ।आचार्यले आज  नै बेलायतका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्