भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतलाई भेट्नुभएको छ ।
गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहनुभएका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिनुभएका मन्त्री लिओ डोकर्टीबीच लण्डनमा रहेकाे नेपाली दूतावासमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।
भूपू गोर्खाहरूको मुद्दालाई अघि बढाउन दुवै पक्षले गर्नुपर्ने आवश्यक गृहकार्य र अन्य पक्षसँग बहुपक्षीय छलफल एवं वार्ताको मिति तोक्नेलगायत विषयमा भेटघाट...