लण्डनमा पूर्व गोर्खाका मुद्दामा त्रिपक्षीय वार्ता

लामो समयदेखि प्रतिक्षारत भूतपूर्व  गोर्खाहरूको समस्या समाधानका लागि लण्डनमा वार्ता भएको छ । संयुक्त अधिराज्यको रक्षा मन्त्रालयमा रक्षा राज्यमन्त्री डा एन्ड्रिउ मरिसन, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, भूतपूर्व गोर्खाहरूको तर्फबाट मेजर (अवकाश प्राप्त) जुदबहादुर गुरुङसमेतको सहभागितामा भूपू गोर्खाहरूको माग सम्बोधनका विषयमा पहिलो बैठक बिहीबार सम्पन्न भएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।नेपाल सरकारको तर्फबाट राजदूत आचार्यले भूपू गोर्खाका लागि ब्रिटिस सैनिक सरह प

सम्बन्धित सामग्री

लण्डनमा भूतपूर्व गोर्खाको मुद्दामा त्रिपक्षीय वार्ता विना निष्कर्ष टुंगियो

भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भएको त्रिपक्षीय वार्ता विना निष्कर्ष टुंगिएको छ । विभिन्न चरणको प्राविधिकस्तरको छलफल पछि भएको यसपटकको मन्त्रिस्तरीय वार्ता पेन्सनमा केन्द्रित भएपनि कुनै निचोड ननिस्किएको वार्ताका सहभागीले बताएका छन् ।

लन्डनमा भूतपूर्व गोर्खा मुद्दामा त्रिपक्षीय वार्ता निष्कर्षविहीन

भूपू गोर्खाहरुका माग सम्बोधन गर्न बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिबीचको बहुप्रतिक्षित वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।  लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार दिउँसो भएको वार्तामा गोर्खाहरूको प्रमुख माग समान पेन्सन एजेन्डामा कुनै सहमति बन्न सकेन ।

लन्डनमा भूतपूर्व गोर्खा मुद्दामा पहिलो चरणको त्रिपक्षीय वार्ता

भूतपूर्व ब्रिटिस गोर्खा मुद्दामा बेलायत र नेपाल सरकार (जिटुजी) तथा गोर्खा प्रतिनिधिबीच बहुप्रतिक्षित त्रिपक्षीय वार्ता सुरु भएको छ । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बिहीबार बिहान करिब एक घण्टा चलेको पहिलो चरणको वार्ता सकारात्मक रहेको भूतपूर्व गोर्खाहरुले जनाएका छन् । प्रारम्भिक चरणको वार्ता भएकाले यसले ठोस निर्णय गरेन ।