नागरिक अभियन्ता नारायण वाग्लेले न्यायालयको समस्या समाधान नगर्ने हो भने बालुवाटारबाट घर फर्कन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन् । न्यायालयको विवाद समाधानमा दलले निकास दिनुपर्ने भन्दै बिहीबार आयोजित सर्वोच्च अदालत-बालुवाटार 'न्याय मार्च' पछि सम्बोधन गर्दै अभियन्ता वाग्लेले प्रधानमन्त्री देउवालाई बालुवाटारमा सुतिरहने हो भने बुढानीलकण्ठ फर्किन सुझाव दिएका हुन् ।